नेकपा बैठकमा ओलीले भने–सरकारमाथि चौतर्फी आक्रमणको प्रयास हुँदा पनि किन मौन, प्रतिवाद गरौं



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको स्थायी कमिटी बैठकमा  डा गोविन्द केसी र गंगामाया अधिकारीको अनसनका साथै विभिन्न समसामयिक विषयमा छलफल भएको छ ।

 

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी आक्रमण भइरहेको भन्दै पार्टीका जिम्मेवार नेताहरुले प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । उनले  पार्टी र सरकारमाथि चौतर्फी हमलाको प्रयास हुँदा पनि नेताहरु मौन  बसेको भन्दै असन्तुष्टि समेत  जनाएका थिए ।

 

उनले आफू नेतृत्वको सरकारले जनताको पक्षमा काम गरिरहँदा पनि आलोचना हुनु दुःखद भएको धारणा राखेको बैठकमा सहभागि  एक नेताले जानकारी दिए ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले हालैको आफ्नो चीन भ्रमणका उपलब्धिबारे पनि अवगत गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

प्रधानमन्त्री ओलीले चीन र भारत भ्रमणबाट ती मुलुकसँग नेपालको स्वतन्त्र परराष्ट्र नीतिका आधारमा राम्रो र प्रभावकारी सम्बन्ध विकास भएको तथा आपसी हितमा सम्झौता भएको बताएका थिए ।

 

यसैबीच बैठकले पार्टीको नियमावलीमा प्राप्त सुझाव समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिने निर्णय रेको छ ।

 

बैठकमा पार्टीका मातहत र जनसंगठनका कमिटी तथा पदाधिकारी संख्या र समावेशिताका बारेमा सुझाव प्राप्त भएको र त्यसलाई ध्यान दिएर सचिवालय बैठकले टुङ्गो लगाउने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।  स्थायी कमिटी ४५ सदस्यीय छ ।

 

 

उनले  सचिवालयको बैठक छिट्टै बस्ने बताउँदै नियमावली पारित भएपछि मातहतको संगठनबीच एकता कार्य हुने जानकारी दिए ।  तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकता घोषणामा तीन महिनाभित्र सबै जिल्ला र जनसंगठन र मातहतका कमिटीको एकता गरिने जनाइएको थियो ।

तीनै तहका सरकारको समग्र समीक्षा गरी कामलाई प्रभावकारी बनाउने बारेमा स्थायी कमिटीको अर्को बैठक बोलाइएको पनि  प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

देशभित्र घेराबन्दी, बाहिरको साथ !

‘प्रतिक्रियावादी’ हरुले साना-साना ईस्युलाई लिएर, गोविन्द केसी, गंगामाया र निशेधित क्षेत्रलाई पोलिटिकल बाहना बनाएर कम्युनिष्ट सरकारमाथि सदन र सडक दुबै ठाउँबाट प्रहार गर्न कोसिस गरिराखेको प्रधानमन्त्रीलगायत अन्य नेताहरुले बैठकमा विश्लेषण सुनाएको सहभागी नेताले बताए ।

कम्युनिष्टको सरकार बनेकोमा देशभित्रको एउटा वर्गलाई नपचेको नेकपाका नेताले निश्कर्ष निकालेका छन् ।

तर, नेकपाको बैठकले प्रधानमन्त्री केपी ओलीको विदेश भ्रमण सफल भएको निचोड निकालेको नेताहरुले बताएका छन् । विदेश नीतिमा सरकार सफल रहेको प्रधानमन्त्रीको विश्लेषण थियो ।

अन्तरराष्ट्रिय समर्थन सरकारलाई रहेकै कारण सरकारलाई बाहिरी पक्षबाट कुनै अप्ठ्यारो नरहेको बैठकमा विश्लेषण गरिएको थियो ।

सरकार र सदन दुबैमा कमजोर

प्रधानमन्त्रीले सरकारको बचाउ गर्न खोजे पनि बैठकमा बोल्ने नेताहरुले सरकारको आलोचना गरेका थिए । सरकारको कार्यसञ्चालन प्रभावकारी हुन नसकेको बहुमत नेताहरुको निश्कर्ष थियो ।

बैठकमा सहभागी नेकपाका एक नेताले भने-‘सरकारको प्रस्तुती सोचे अनुसारको भएन भन्ने एनालाइसिस भएको छ । धेरै नेताहरुले सरकारको काम राम्रो भएन भनेपछि बैठकमा यो लगभग आम सहमतिजस्तै भयो ।’

त्यसैगरी मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरु एकरुतामा र एउटै लयमा चल्न नसकेको बैठकमा नेताहरुले विश्लेषण गरेका छन् ।

संसदमा पनि पार्टीको प्रस्तुती प्रभावकारी भएको छैन भन्ने अधिकांश नेताहरुले बैठकमा विश्लेषण गरेका छन् ।

त्यसैगरी सरकार सञ्चालनमा धेरै नेताहरुले असन्तुष्टि जनाएपछि तीनवटै तहका सरकार सञ्चालनबारे गम्भीर छलफल गर्ने गरी अर्को बैठक बोलाइने सहमति भएको नेताहरुले जानकारी दिएका छन् ।

गोविन्द केसी, गंगामाया र निशेधित क्षेत्रलाई स-साना ईस्यु भनिएता पनि यसबारे कस्तो कदम चाल्ने भन्नेबारे बैठकले सरकारलाई कुनै ठोस सुझाव नदिएको एक नेताले बताए । प्रधानमन्त्रीले यी विषयमा प्रतिवाद गर्न आग्रह गरेका छन् ।

मधेसमा प्रहरी भर्नाबारे चिन्ता

नेकपाको स्थायी कमिटी बैठकमा प्रदेश नम्बर २ को सरकारले बेग्लै प्रहरी भर्ती गर्न लागेको भन्दै शुक्रबार केही नेताहरुले प्रश्न उठाए ।
बैठकमा नेता भीम रावल र रघुजी पन्तले प्रदेश २ को प्रहरी संगठनबारे चिन्ता व्यक्त गरेका थिए ।

प्रदेश सरकारले प्रहरी भर्ती गर्ने कुरा गरिरहेको र त्यस्तो भएमा राष्ट्रिय सुरक्षामा समस्या सिर्जना हुन सक्ने पन्त र रावलको चिन्ता थियो ।
बैठकमा सहभागी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यसबाट नआत्तिन पन्त र रावललाई सम्झाए ।

संविधानले नै प्रदेश प्रहरीको प्रावधान राखेका कारण प्रदेश सरकारले प्रहरी भर्ती गर्दैमा वा प्रहरी संरचना बनाउँदैमा त्यसलाई गलत भन्न नमिल्ने नेकपाका नेता एवं मुख्यमन्त्री पोखरेलले बैठकमा तर्क गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक