केपी ओली नेतृत्वको सरकारले केही गर्न नसक्ने भन्दै यसरी गर्जिए महत,काँग्रेसको आर्थिक नीतिले मुलुक अगाडि बढेको जिकिर



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका नेता डा रामशरण महत काँग्रेस सरकारले ल्याएको आर्थिक नीतिले नै अहिले मुलुक अगाडि बढिरहेको जिकिर गर्नुभएको छ ।

नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला प्रतिष्ठान र गिरिजाप्रसाद कोइराला श्रमिक प्रतिष्ठानले संयुक्त रुपमा आज आयोजना गरेको ‘जिपी र समृद्धि’ विषयको विचारगोष्ठीमा उहाँले नेपालको आर्थिक पक्षलाई आधुनिकीकरणमा लैजान कोइरालाको ठूलो योगदान छ भन्दै काँग्रेसले आर्थिक उदारीकरणलाई अगाडि बढाएका कारण अहिले मुलुक यस अवस्थामा आइपुगेको भनाइ राख्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसले मुलुकको आर्थिक नीतिलाई नेतृत्व दिएको बताउँदै वर्तमान सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन नसकेको आरोप लगाउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले समृद्धि, आधुनिक र न्यायपूर्ण नेपाल निर्माणको चाहना गिरिजाबाबुमा रहेको बताउँदै गिरिजाबाबु विकासप्रेमी नेता हुनुहुन्थ्यो भन्नुभयो ।

श्रमिक प्रतिष्ठानका उपाध्यक्ष सुधा दाहाल र जिपी प्रतिष्ठानका सदस्य हरि ढुंगानाले स्व कोइराला बहुआयामिक व्यक्तित्व भएको बताउँदै अहिले मुलुकमा उहाँजस्तो नेताको अभाव भएको बताउनुभयो । श्रमिक प्रतिष्ठानका महासचिव सूर्य नेपालले विसं २०६४ मा नेता कोइराला छँदा नै स्थापना भएको श्रमिक प्रतिष्ठानले गिरिजाबाबुका नाममा थुप्रै सामाजिक काम गर्दै आइरहेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...