सरकारविरुद्ध कडा आन्दोलन गर्ने कांग्रेसको घोषणा, यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले दुई तिहाइ बहुमतको दम्भ राखेर निर्णयहरू गरिरहेको आरोप लगाएको छ।
उनले तीन तहका चुनाव सम्पन्न भइसकेर देशमा राजनीतिक स्थायित्व भइरहेका बेला सरकारले जबर्ज्स्ति द्वन्द्व बढाउन खोजेको आरोप लगाए ।

 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो आयोजित पत्रकार सम्मेलन बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार राति मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयको त्यही दम्भका आधारमा भएको भन्दै त्यसको विरोधमा उत्रने बताए।

 

उनले अरू राजनीतिक नियुक्ति र प्रदेश प्रमुख नियुक्ति फरक भएको उल्लेख गर्दै प्रदेश प्रमुख हटाइए आन्दोलनसँग कानुनी उपचार पनि खोजिने बताए।

उनले भने,‘सामान्य बहुमतले नभएर उहाँहरूले दुई तिहाइ पुर्‍याउनु भयो। अहिले दुई तिहाइको दम्भको श्रीपेच लगाउँदै हुनुहुन्छ, दम्भको श्रीपेच लगाएर लोकतन्त्रको रक्षा हुँदैन।’ उनले सरकारी निर्णयको सडक, सदन, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सत्याग्रहमार्फत विरोध गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...