सरकारविरुद्ध कडा आन्दोलन गर्ने कांग्रेसको घोषणा, यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले दुई तिहाइ बहुमतको दम्भ राखेर निर्णयहरू गरिरहेको आरोप लगाएको छ।
उनले तीन तहका चुनाव सम्पन्न भइसकेर देशमा राजनीतिक स्थायित्व भइरहेका बेला सरकारले जबर्ज्स्ति द्वन्द्व बढाउन खोजेको आरोप लगाए ।

 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो आयोजित पत्रकार सम्मेलन बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार राति मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयको त्यही दम्भका आधारमा भएको भन्दै त्यसको विरोधमा उत्रने बताए।

 

उनले अरू राजनीतिक नियुक्ति र प्रदेश प्रमुख नियुक्ति फरक भएको उल्लेख गर्दै प्रदेश प्रमुख हटाइए आन्दोलनसँग कानुनी उपचार पनि खोजिने बताए।

उनले भने,‘सामान्य बहुमतले नभएर उहाँहरूले दुई तिहाइ पुर्‍याउनु भयो। अहिले दुई तिहाइको दम्भको श्रीपेच लगाउँदै हुनुहुन्छ, दम्भको श्रीपेच लगाएर लोकतन्त्रको रक्षा हुँदैन।’ उनले सरकारी निर्णयको सडक, सदन, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सत्याग्रहमार्फत विरोध गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...