नयाँ बन्ने सञ्चार नीतिबारे शंका नगर्न मुख्यमन्त्री भट्टको आग्रह



प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले अब तर्जुमा गर्ने सञ्चार नीति र कानूनबारे सञ्चारकर्मीले कुनै शंका गर्न नपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडाँैद्वारा आज धनगढीमा आयोजित सञ्चार नीति र कानून विषयको एक अन्तरक्रियामा मुख्यमन्त्री भट्टले सबैले अपनत्व महसुस गर्न सक्ने किसिमको कानून बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभयो । मुख्यमन्त्री भट्टले भन्नुभयो, “७ नं प्रदेशका पत्रकार तथा सञ्चारमाध्यमका सन्दर्भमा केही न केही नयाँ कुरा गरौँ भन्ने मेरो आफ्नो व्यक्तिगत सोच पनि हो र मैले यसबारे अध्ययन पनि गरिरहेको छु ।”

त्यसैगरी, अन्तरक्रिया कार्यक्रममा प्रदेश नं ७ नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले उत्कृष्ट सञ्चार नीति बनाउने सवालमा प्रदेश सरकारलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सञ्चारकर्मीलाई आफ्नो कामप्रति गौरवान्वित र उत्साहजनक हुने खालको सञ्चार नीति बनाइनु पर्दछ ।”

कार्यक्रममा सहभागी अधिकांश सञ्चारकर्मीले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले अब बनाउने सञ्चार नीति संरक्षणमुखी र नियन्त्रणमुखी नभई सञ्चारकर्मीलाई प्रवद्र्धन गर्ने किसिमको हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।  पत्रकार महासंघ प्रदेश नं ७ का अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, प्रदेश नं ७ का वरिष्ठ पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको