नक्कली विल बनाइ राजश्व नतिरी ल्याईएको सामान नागढुंगाबाट समातियो, हिमालय क्यारियर ट्रान्सपोर्ट खोलेर यस्तो काम गर्ने को हुन चिनौ



जेठ २५ गते ना ६ ख ५८५९ नम्बरको ट्रक नेपालगञ्ज भन्सार कार्यालयमा प्रवेश गर्यो।कार्यालयमा पुगेको केही समयमै गाडी बाहिरयो।

भन्सारका अधिकारीले ट्रकमा ल्याएको सामानको सामान्य जाँच पनि नगरि छाडे।भन्सार अधिकारीले राजस्व समेत नलिइ गाडी छाडे।सेटिङमा राजस्व नलिर्इ छाडिएको गाडी नागढुंगामा भोलीपल्टै(जेठ २६)गते पक्राउ पर्यो।नागढुंगामा पक्राउ परेको यो गाडीले भन्सारमा हुने भष्ट्राचारको जरो खोतल्न बाटो खुलेको छ।

जेठ २५ गते नेपालगञ्ज भन्सारमा छिरेको गाडीमा बनबरी माता ट्रेडर्सका नाममा भारतबाट ल्याइएको २५ किलोग्रामका ३२० प्याकेट धुलो दूध र १५ सय लिटर वनस्पती घ्यू थियो। यो कम्पनीले ल्याएको सामानको मूल्य करिब २३ लाख २० हजार रुपैयाँ थियो। तर ती सामानको नक्कली कागजात तयार पारी भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा राजस्व नतिराई छुटाइएको थियो।

नक्कली प्रज्ञापनपत्र बनाएर भन्सार छुटाइएको ट्रकमा रहेको सामानको मूल्य अभिवृद्धि कर (भ्याट) बिल भने चटकपुर कैलालीबाट काटिएको थियो। काठमाडौंमा दर्ता भएको बनबरी माता ट्रेडर्सका नाममा ल्याइएका ती सामान बोकेको ट्रक जेठ २६ गते नागढुंगा प्रहरी चौकीले नियन्त्रणमा लियो र राजस्व अनुसन्धान विभागलाई बुझायो।

ट्रकका चालक यामबहादुर बिकले ती सामान वीरेन्द्र गुप्ताको भएको बयान दिएका थिए। विभागले गरेको अनुसन्धानका क्रममा यो सामानको वास्तविक धनी हिमालयन क्यारियर कम्पनीका सञ्चालक विनोद गुप्ता भएको देखियो। विनोद र वीरेन्द्र नाताले दाजुभाइ हुन्। हिमालयन क्यारियर मुलुककै ठुलो ट्रान्सपोर्ट कम्पनी मानिन्छ।

विभागले सामान नियन्त्रणमा लिएपछि ट्रान्सपोर्ट कम्पनी हिमालयन क्यारियरका कर्मचारी अख्तियारनामा बोकेर सामान छुटाउन विभाग पुगे। त्यतिमात्रै होइन, उनीहरुले ती सामान बनबरी माता ट्रेडर्सले मार्को इन्टरनेशनलाई बिक्री गरेको भन्दै अर्को बिल पनि देखाए।

विभागले सबै कागजपत्र र ती कर्मचारीलाई पनि नियन्त्रणमा लियो र अख्तियारनामा दिने विनोद गुप्ता स्वयं उपस्थित भएपछि मात्रै छाड्ने बतायो। केही दिनअघि विभागले गुप्ताको स्वामित्वमा रहेको ट्रान्सपोर्टको गोदाम र कार्यालयमा छापा पनि मार्योए। काठमाडौंको कुलेश्वरमा कार्यालय रहेको ट्रान्सपोर्टको सीतापाइलामा १७ रोपनी जग्गा किनेर गोदाम सञ्चालन गरिरहेको छ।

यसैबीच राजस्व अनुसन्धान विभागको टोलीले बुधबार विनोदलाई नियन्त्रणमा लियो। ुयी सबै घटनाको मास्टर माइन्ड विनोद रहेको देखिएको छ,ु विभागका एक अधिकारीले भने, ुविभिन्न कम्पनीका नाममा नक्कली कागजपत्र बनाइ सामान ल्याउने काममा उनकै संलग्नता रहेको सुरुवाती अनुसन्धानबाट खुल्छ।ु म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाउने विभागको योजना छ।

नियन्त्रणमा लिएका सामान धनी खोज्दै जाने क्रममा अर्को एउटा ट्रक पनि नियन्त्रणमा लिइएको विभागले जनाएको छ। यो सबै सामान छुटाउने र नक्कली कागजपत्र बनाउने काम हिमालयन क्यारियरका सञ्चालक विनोदकै रहेको विभागको दावी छ।

विभागको अनुसन्धानमा बनबरी माता ट्रेडर्स, मार्को इन्टरनेसनल र हिमालयन क्यारियरका सञ्चालक विनोदका छोरा राहुलले यी तीनै कम्पनीको बैंक खाता सञ्चालन गर्ने गरेका छन्। विभिन्न बैंक तथा वित्तीय संस्थाबाट प्राप्त विवरणमा विनोद, उनका काका छोरा वीरेन्द्र र विनोदका छोरा राहुल मिलेर यी काम गरिरहेको भेटिएको विभाग उच्च स्रोतले दावी गरेको छ।

विभागले तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराका समयमा कपिलवस्तु कृष्णनगर भन्सारबाट एउटै प्रज्ञापनपत्रमार्फत दुईवटा ट्रक भन्सार कटाउने काममा पनि उनकै संलग्नताको आशंका गरेको छ।

यो विषयमा भन्सार विभागले पनि छुट्टै अनुसन्धान गरिरहेको भन्सार विभागले आफ्ना कर्मचारीहरु जनार्दन आचार्य, टुक अधिकारी र अर्का एक नायब सुब्बामाथि अनुसन्धान गरिरहेको छ। उपमहानिर्देशक मनमाया भट्टराई संयोजकत्वको स्थलगत निरीक्षण टोलीले अनुसन्धानलाई अन्तिम चरणमा पुर्या्एको छ। विना जाँचपास भन्सार कटाउन सहयोग गर्ने आरोप लागेका तीनै जना कर्मचारी अहिले अर्थ मन्त्रालय तानिएका छन्।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु