मार्जिन कर्जाको हल्लाले सेयर बजारमा उच्च बृद्धि, दोहोरो अंकले बढ्यो शेयर बजार



शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ ।

शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ ।

केहि साता देखि सुस्त रहेको सेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले उकालो लागेको छ।

बिहिबार दिनभरीमा ३६.०१ अंकले नेप्से परिसूचक उकालो लाग्दा १ सय ६८ कम्पनीको ४६ करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।

बिभिन्न सञ्चार माध्यममा राष्ट्र बैंकले ५० प्रतिशत रहेको सेयर कर्जाको सिमा ६० प्रतिशत पुर्याउने समाचार आएपछि सेयर बजार उकालो लागेको एक ब्रोकरले बताए।

दोहोरो अंकले नेप्से परिसूचक उकालो लाग्दा बिहिबार कारोबार रकममा पनि सुधार देखिएको छ।

केहि साता यता दिनमा २० देखि २५ करोड रुपैयाँमा सिमित हुने गरेको कारोबार रकम बिहिबार भने ४६ करोड रुपैयाँ माथि पुगेको छ।

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बढ्दो ब्यादरको समस्या नेपाल राष्ट्र बैंकले सम्बोधन गर्छ भन्ने समाचार सार्वजनिक भएकाले बजार उकालो लागेको बताए।

एक दिनको बजारको बृद्धि हेरेर बजारको दिशा भन्न नसकिने एक मर्चेण्ट बैंकरको भनाई छ। उनले भने, ‘लामो समय स्थिर रहेको बजार बढ्नु स्वभाविक भए पनि एकै दिन ३६ अंकले बढेको बजार के हुन्छ भन्न सकिदैन।’

बिहिबार माईक्रोफाइनान्स र इनस्योरेन्स समूह उच्च अंकले उकालो लाग्दा समग्र बजार बढेको हो।

बिहिबार माईक्रोफाइनान्स ५.५४ प्रतिशत र इनस्योरेन्स ५.४३ प्रतिशतले उकालो लाग्यो। यस्तै हाइड्रोपावर ३.६ प्रतिशत, होटल ३.२२ प्रतिशत, बैंकिङ र विकास बैंक २.६६ प्रतिशत, फाइनान्स १.४४ प्रतिशत र अन्य उपसूचक १.२२ प्रतिशतले उकालो लाग्दा उत्पादनमूलक उपसूचक भने १.६३ प्रतिशतले ओरालो लागेको छ।

प्रति कित्ता २५ हजार ४ सय ३ रुपैयाँ रहेको यूनिलिभर नेपालको सेयर ३.९५ प्रतिशतले ओरालो लाग्दा उत्पादनमूलक उपसूचक ओरालो लागेको हो।

उच्च अंकले बढेको बजारमा यूनाईनेड इस्योरेन्सको मूल्य १० प्रतिशतले उकालो लाग्दा धरै कमाउने कम्पनी बनेको छ।

यस्तै धैरै गुमाउने कम्पनीको अग्रस्थानमा ७.२७ प्रतिशले मूल्य घटेको रैराङ हाईड्रोपावर रह्यो।

३६ अंकले नेप्से परिसूचक उकालो लाग्दा कारोबार भएका १ सय ६८ कम्पनीमा ११ कम्पनीको मूल्य ओरालो लागेको छ।

मूल्य ओरालो लाग्ने अन्य कम्पनीमा वर्ल्ड मर्चेण्ट बैंकिङ एण्ड फाईनान्स लिमिटेड, यूनिलिभर नेपाल, जेविल फाइनान्स, कावेली विकास बैंक, लक्ष्मी इक्यूटि फण्ड, सानिमा इक्यूटि फण्ड, खानिखोला हाइड्रोपावर लिमिटेड, मन्जु श्रि फाईनान्स र लक्ष्मी भ्यालू फण्ड-१ रहेका छन्।

आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७.५१ बिन्दुले बढेर २५७.४६ बिन्दुले बढेको छ । लगातार ओरालो लाग्दै आएको बजारमा आज भने सबै उपसूचकमा हरियाली छाएको छ । सबै उपसूचकमा हरियाली छाएर साताको अन्तिम दिन शेयर बजारले लगानीकर्तामा उत्साह थपिदिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १६८ कम्पनीको १२ लाख एक हजार ४३३ कित्ता शेयर रु ४६ करोड २० लाख १८ हजार ६३० मूल्यमा खरिद बिक्री भएको छ । आज कारोबार रकममा समेत वृद्धि भएको छ ।

स्टकका अनुसार बैंकिङ २६.७७, होटल ५८.६, विकास बैंक ३७.२८, जलविद्युत् ५२.०२, वित्त ८.७८, बीमा ३२२.४३, अन्य ८.४८ र माइक्रोफाइनान्स ८५.९ बिन्दुले बढेको छ । आज व्यापार समूह समान्य रह्यो भने उत्पादन समूह भने ३७.३४ बिन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य