प्रदेश प्रमुखहरुलाई घर फर्काउने ओलीको निर्णय, यसरी भो यिनको जागीर चट्



हाम्रो इकोनोमि

 

केपी शर्मा ओली नेतृत्वको सरकारले सातै प्रदेशका प्रमुखहरूलाई हटाएको छ । प्रदेश सांसदहरुलाई सपथ खुवाएका सबै प्रदेश प्रमुखहरुलाई ओली सरकारको एकै निर्णयले घर फर्काएको हो ।

 

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई हटाउने निर्णय गरेको थियो । ओली सरकारले गत भदौ १४ गतेदेखि ओलीले सपथ नखाउन्जेलसम्म (फागुन ३ गते) शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक सबै नियुक्तीलाई फिर्ता गर्ने क्रममा प्रदेश प्रमुखहरु पनि घानमा परेका हुन् ।

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले माघ ३ गते सातै प्रदेशमा प्रमुखहरू नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

 

सोही अनुसार नियुक्ति खाएका प्रदेश १ का गोविन्द सुब्बा, प्रदेश २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ की अनुराधा कोइराला, प्रदेश ४ का बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, प्रदेश ६ का दुर्गाकेशर खनाल र प्रदेश ७ का मोहनराज मल्ललाई ओली सरकारले हटाएको हो ।

 

सरकारले  यसरी प्रदेश प्रमुखहरु हटाएपछि यसले निम्त्याउने अभ्यास पक्कै पनि राम्रो नहुने बताइन्छ । यसरी सरकारले हरेक क्षेत्रमा आक्रमण गर्न थालेपछि मुलुककै परिस्थिति प्रतिकुल बन्दै जाने विष्लेषणसमेत गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...