प्रदेश प्रमुखहरुलाई घर फर्काउने ओलीको निर्णय, यसरी भो यिनको जागीर चट्



हाम्रो इकोनोमि

 

केपी शर्मा ओली नेतृत्वको सरकारले सातै प्रदेशका प्रमुखहरूलाई हटाएको छ । प्रदेश सांसदहरुलाई सपथ खुवाएका सबै प्रदेश प्रमुखहरुलाई ओली सरकारको एकै निर्णयले घर फर्काएको हो ।

 

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई हटाउने निर्णय गरेको थियो । ओली सरकारले गत भदौ १४ गतेदेखि ओलीले सपथ नखाउन्जेलसम्म (फागुन ३ गते) शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक सबै नियुक्तीलाई फिर्ता गर्ने क्रममा प्रदेश प्रमुखहरु पनि घानमा परेका हुन् ।

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले माघ ३ गते सातै प्रदेशमा प्रमुखहरू नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

 

सोही अनुसार नियुक्ति खाएका प्रदेश १ का गोविन्द सुब्बा, प्रदेश २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ की अनुराधा कोइराला, प्रदेश ४ का बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, प्रदेश ६ का दुर्गाकेशर खनाल र प्रदेश ७ का मोहनराज मल्ललाई ओली सरकारले हटाएको हो ।

 

सरकारले  यसरी प्रदेश प्रमुखहरु हटाएपछि यसले निम्त्याउने अभ्यास पक्कै पनि राम्रो नहुने बताइन्छ । यसरी सरकारले हरेक क्षेत्रमा आक्रमण गर्न थालेपछि मुलुककै परिस्थिति प्रतिकुल बन्दै जाने विष्लेषणसमेत गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...