बेलायतको स्वतन्त्र हिन्दू धर्मको स्वामीनारायण स्कुल बन्द, चल्यो हिन्दू विद्यालय बचाउने अभियान



हाम्रो इकोनोमि

 

बेलायतको स्वतन्त्र हिन्दू धर्मको स्वामीनारायण स्कुल बन्द हुनबाट रोक्नका लागि हस्ताक्षर अभियान चलेको छ । हजारौं मानिसहरुले एक चेन्ज अर्गनाइजेसनमा हस्ताक्षर अभियान सुरु गरेका छन् ।

 

सन् १९९२ मा स्थापना भएको स्कुल सञ्चालन गर्ने संस्था अक्षर एजुकेसन ट्रस्टले सन् २०२० सम्म पूर्णरुपमा यसबाट बाहिरिने भन्दै स्कुल बन्द गर्ने घोषणा गरेको थियो ।

 

स्कुलमा अध्ययन गरिरहेका विद्यार्थीहरुका अभिभावकहरुले स्कुल बन्द हुनबाट रोक्न ‘उत्कृष्टताको स्कुल’ नामको एक अभियान सुरु गरेका हुन् ।

 

अभिभावकहरुले स्कुललाई लेखेको पत्रमा स्कुल बन्द गर्नुको कारणमा नियमकहरु थप गर्नुपर्ने अवस्था, नियुक्तिमा समस्या तथा प्राध्यापकहरु बचाएर राख्ने समस्यालगायतका कुराहरु उल्लेख गरिएको र यो ठिक नभएको बताएका छन् ।

अघिल्लो सातासम्मको अवधिमा यो अभियानलाई समर्थन गर्दै ३५ सय हस्ताक्षर पुगिसकेको छ । यो संख्यामा थप वृद्धि हुने अनुमान गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...