ओली सरकार बिरुद्ध काँग्रेस संसदमै अनसन बस्ने चेतावनी, गंगामाया अधिकारी र गोविन्द केसीका माग सम्वोधन नगरे सडक आन्दोलनको तयारी



हाम्रो इकोनोमि

 

ओली सरकार बिरुद्ध काँग्रेस संसदमै अनसन बस्ने चेतावनी दिएको छ । गंगामाया अधिकारी र गोविन्द केसीका माग सम्वोधन नगरे सडक आन्दोलनको तयारी थालेको स्रोतको दावी छ ।

सरकारले देशका विभिन्न ठाँउमा निषेधाज्ञा जारी गरेको र अनसनमा बसेकाहरुलाई बेवास्ता गरिएको भन्दै काँग्रेसका एक सांसदले सरकारका विरुद्धमा संसदमै अनसन बस्ने चेतावनी दिएका छन् ।

 

विरोध पनि गर्न नपाउनेगरी सरकारले लोकतन्त्रका नाममा निरंशुकता लाद्न खोजेको भन्दै काँग्रेस सांसद् अमरेश सिंहले सरकारको स्वेच्छाचारीताका विरुद्धमा अनसन बस्ने चेतावनी दिएका हुन् ।

 

संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले माइतीघर मण्डला लगायतका देशभरका विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा हटाउन माग गरे ।

 

उनले अनसनरत गंगामाया अधिकारी र डा गोविन्द केसीका माग सम्वोधन गर्न सरकारलाई आग्रह गर्दै सरकारले थप वेवास्ता गरे संसदमै अनसन बस्ने चेतावनी दिए ।

 

पार्टी एकिकरण आफुले गराएको प्रचार गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाइले नै सरकार चलाएको भान हुन थालेको काँग्रेस सांसद सिंहले टिप्पणी गरे ।

 

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नै घरमा लगेर मर्सी चामलको भात खुवाउदै पार्टी एकिकरणमा आफुले ठुलो मिहिनेत गरेको प्रसाईले बताउदै आएका छन् ।

 

झापामा रहेको विएनसी अस्पतालका संचालक प्रसाईको प्रभावमा परेर चिकित्सा शिक्षा विधेयक आएको भन्दै काँग्रेस सांसद गगनकुमार थापाले संसदमा विधेयकको विरोध गरेका थिए ।

 

त्यसको प्रतिउत्तरमा प्रसाईले पुर्व स्वास्थ्य मन्त्री थापालाई विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गर्दा १४ करोड खुस खाएको आरोप लगाएका थिए । थापाले भने प्रतिशोधपूर्ण तरिकाले प्रसाईले आरोप लगाएको भन्दै आरोपको पुष्टी गर्न चुनौती दिएका छन् ।

 

थापामाथी लगाइएको आरोपको खण्डन गर्दै विपी स्वास्थ्य प्रतिष्ठानले पनि विज्ञप्ती निकालेर पुर्वमन्त्री थापा, उपकुलपति डा राजकुमार रौनियार र प्रतिष्ठानको बदनाम गरी विपी चिकित्सा विश्वविद्यालय बन्न नदिने नियतका साथ भ्रमक प्रचार गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...