गृहमन्त्री थापाले भने सरकार होइन गोविन्द केसी अधिनायकवादी हुन, यीनलाई जेल हाल्नु पर्छ



हाम्रो इकोनोमि

 

गृहमन्त्री रामबहादुर थापा बादलले अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको बताएका छन् ।

 

बुधबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाएको बताए । तर, लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने बताए । उनले भने, ‘विरोध प्रदर्शन गर्ने अधिकारलाई कुण्ठित गरिएको छैन । अनसन बस्न पाइन्छ ।’

 

उनले डा. गोविन्द केसीले अस्पतालमा अनसन बस्नुलाई लोकतन्त्र भन्न नमिल्ने बताए । ‘अति संवेदनशील बस्तुमा अस्पताल चोक संवेदनशील ठाउँमा विरोध गर्दा अस्तव्यस्त हुन्छ । अन्त बस्न सक्नुहुन्न ? त्यसैले त्यो गर्नु पनि हामी लोकतन्त्र भन्दैनौं’ गृहमन्त्री थापाले भने ।

 

यदि सरकार प्रतिगामी भयो भने विद्रोह गर्नुपर्ने भन्दै नेकपाका नेता समेत रहेका गृहमन्त्री बादलले प्रश्न गरे, ‘अहिले विद्रोह गर्ने समय हो ? यो सरकार दलाल राष्ट्रघातीको हो ?’

उनले अहिले भइरहेको आन्दोलन विद्रोह नभई प्रतिविद्रोह भन्दै यो लोकतन्त्र विरोधी भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...