जन्मदिन मनाउन पूर्वराजा नेपालगञ्ज जाँदै, कमल थापा र राणलाई पनि सँगै लिएर जाने , राजनितीमा आउने तयारीमा ज्ञानेन्द्र



 

७२ औं जन्मदिन मनाउन पूर्व राजा ज्ञानेन्द्र बुधबार नेपालगन्ज जाँदैछन् । पत्नी कोमलसँगै बुधबार बेलुका पौने ५ बजेको सौर्य विमान चढेर ज्ञानेन्द्र नेपालगन्ज जान लागेका हुन् ।

 

ज्ञानेन्द्रको ७२ औं जन्मदिन आउँदो २३ गते शनिबार परेको छ । शाहको स्वागतका लागि ७०१ सदस्यिय मूल समारोह समिति गठन समेत गरिएको छ ।

जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र नेपालगञ्ज जाँदै छन । कमल थापा र पशुपति शंमशेर राणलाई पनि सँगै लिएर जाने बुझिएको छ ।

दुई राप्रपालाई मिलाउँन ज्ञनेन्द्र लागिरहेका छन । राजसंस्था नर्फकिने भएपछि मण्डलेहरुलाई मिलाएर आफुपनि राजनितीमा आउने तयारीमा पुर्व राजा छन ।

 

समितिका संयोजक दीपकबहादुर सिंहले शाहको जन्मदिन नेपालगन्ज कारकाँदोस्थित होटल सोल्टीमा मनाउनेगरी तयारी थालिएको जानकारी दिएका छन् । शाह करीब एक साता नेपालगन्ज बस्ने सिंहले जानकारी दिएका छन् ।

 

गएको निर्वाचनमा पार्टीले ब्यहोरेको हारबाट पाठ सिक्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पार्टी सुदृृढिकरण र संगठन विस्तारविस्तारका साथ पार्टी एकिकरणमा जुटेको छ ।

 

पार्टी एकीकरणका लागि गृहकार्य भईरहेको अवस्थामा जिल्ला क्षेत्र र प्रदेशमा संगठनलाई मजवुत बनाउँदै कायकर्ताको मनोबल बढाउन संगठन सुदृढिकरण थालिएको हो ।

 

यसै सन्दर्भमा प्रदेश नं. ५ का १२ जिल्लाका अध्यक्ष, उपाध्यक्ष, सचिब र केन्द्रिय सदस्यहरुको भेला हिजोबाट शुरु भएको छ । प्रदेश नं. ५ स्थित बुटवलमा सुरु भएको भेलामा उक्त प्रदेशका १२ जिल्लाका अध्यक्ष, उपाध्यक्ष, सचिब र पार्टीका केन्द्रिय सदस्यहरुको समेत सहभागीता रहेको छ ।

 

भेलाको उद्घाटन सत्रमा पार्टीका महामन्त्री, संगठन विभाग प्रमुख पूर्वआइजीपी ध्रुब बहादुर प्रधान प्रमुख अतिथि रहेका थिए । उनले भेलाको उद्घाटन गर्दै राप्रपा प्रति जनताको अझैपनि विस्वास र भरोसा रहेको भन्दै अब पार्टीलाई एक ढिक्का बनाएर जनता माझ जानुपर्ने बताए ।

 

कार्यक्रममा पार्टीले निर्वाचनमा ब्यहोरेको हारबाट पाठ सिक्दै जनचाहना अनुसार अगाडी बढ्नुपर्ने औल्याउँदै महामन्त्री प्रधानले ब्यक्तिगत स्वार्थबाट माथि उठेर पार्टी एकीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

 

भेलाको उद्घाटन सत्रमा पार्टीका केन्द्रिय कोषाध्यक्ष निलकण्ठ काफ्ले सहमहामन्त्री रुपसिं थापा लगायतले पार्टी सुदृढिकरण र पार्टीलाई नयाँ ढंगले अगाडी बढाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

 

भेलाको उद्घाटनका लागि पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमसेर जवरा नै जाने कार्यक्रम रहेपनि वर्षाका कारण हवाई सेवा अवरुद्ध भएकोले पार्टी अध्यक्ष, बरिष्ठ उपाध्यक्ष पूर्वमन्त्री दीपक बोहरा लगायतको टोली आज बुटवल गएको पूर्वमन्त्री बोहराका स्वकीय सचिब तथा विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष निराजन बमले जानकारी दिए ।

 

पार्टी प्रवक्ता प्रदीप उदयको सभापतित्वमा सम्पन्न उद्घाटनसत्रमा जिल्ला अध्यक्ष, उपाध्यक्ष तथा सचिवहरुले पार्टीलाई एकीकरण गरेर अगाडी बढ्नुपर्ने, संगठन विस्तार गर्नुपर्ने, पार्टीको निती तथा कार्यक्रम समय अनुसार परिस्कृत र नयाँ कार्यदिशा तय गर्नुपर्ने जस्ता विषयहरु उठाएका थिए ।

 

केहि समययता तीन राप्रपा एकीकरणको कार्य अगाडी बढेको छ । कमल थापा, पशुपति शमसेर र डा. प्रकाशचन्द्र लोहनीको राप्रपालाई एक बनाएर अघि बढ्ने विषयमा यी दलहरुले कार्यदल नै गठन गरेर अगाडी बढेका छन् । भेलाको आज अन्तिम दिन पार्टी प्रशिक्षण कार्यक्रम समेत रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य