सेलिब्रेटी मन्त्री लालबाबु पण्डितलाई माया पिरतीका गीत लेख्ने सचिबले मन्त्रालयमै यसरी नचाए,रमिता हेर्ने कतिलाई फसाए ?



हाम्रो इकोनोमि

संघीय मामिला तथा सामान्य प्रशासमन्त्री लालबाबु पण्डितलाई सचिवले फनफनी घुमाइरहेका छन् । कांग्रेसप्रति आस्थावान सचिव थपलिया आफूलाई एमालेका मान्छे हुँ भन्दै प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई फनफनी घुमाइरहेका हुन् ।

 

राप्रपाका नेता दिनानाथ गिरी मार्फत कमल थापालाई भेटेर आफू राप्रपाको मान्छे हुँ भन्दै संघीय मामिला मन्त्रालयमा पुगेका उनै गीतकार सचिवका रुपमा परिचित दिनेश कुमार थपलिया सदैब मालदार अड्डामा बसेर तर मार्ने सचिवमा पर्दछन् ।

 

यस अगाडि पर्यटन मन्त्रालय,सञ्चार मन्त्रालय लगायतका ठाँउमा बसेर तर मार्दै आएका उनी अहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव छन् । केपी ओली प्रधानमन्त्री हुँदा एकै पटक सचिवहरु परिवर्तन हुँदा समेत उनलाई चलाइएन । कारण स्थानीय र संघीयताको विज्ञ भएको भन्दै ।

 

अहिले उनै सचिव थपलियाले कांग्रेसी कर्मचारीहरुलाई च्यापेर एमालेका कर्मचारीहरुलाई बाइपास गरेसँगै कर्मचारीहरु सचिवसँग फायर भएका छन् । संघीय मामिला मन्त्रालय मातहत पर्ने स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक बिष्णु सापकोटा ।

 

उनी प्रकाशमान सिंह स्थानीय विकास मन्त्री भएको समयमा कांग्रेसी कर्मचारी भएकै आधारमा त्यहाँ नियुक्ती खाएका । उनैलाई थमौति दिन सचिव दिनेश थपलिया र सह सचिव पुरुषोतम नेपाल लागिपरेका छन् । पुरुषोतम र मन्त्रालयका सह सचिव विष्णु दुबै कांग्रेसी कर्मचारीहरु हुन ।

 

पुरुषोतम विगतमा दाग लागेका कर्मचारी हुन । प्रतिष्ठानका कर्मचारी सामु नै आफू अयोग्य भएको वकपत्र दिएका कार्यकारी निर्देशकले मन्त्री समक्ष राजीनामा दिन खोजेका थिए । काँग्रेस पृष्ठभूमिका सहसचिव पुरुषोत्तम नेपाललाई साथ लिएर सचिव थपलियाले आर्थिक उपार्जन गरिरहेको चर्चा मन्त्रालय वरपर चलिरहेको छ ।

 

तर सहसचिव पुरुषोत्तमले रोके । मन्त्रालय सम्बद्ध कर्मचारीहरुका अनुसार राजीनामा दिन मन्त्रालय पुगेका कार्यकारी नेपाललाई केही कर्मचारीको धम्क्याईमा राजीनामा नदिन सचिव थपलियाले सुझाव दिएका थिए ।सचिव थपलियाले कार्यकारी निर्देशकलाई राजिनामा नदिन भन्दै उल्टो विदा स्वीकृत गरेका थिए ।

 

मन्त्रालय स्रोतका अनुसार, उप सचिव रमेश अधिकारी र सह सचिव सुरेश अधिकारीले टिप्पणीले उठाएर राजीनामा स्वीकृत गरेर उक्त स्थानमा सिनियर कर्मचारीलाई पठाउने गरी दिनेश थपलियाकहाँ पठाइएकोमा उक्त फाइल नै लुकाइएको हो ।

 

यसरी सचिव थपलियाले कांग्रेसी कर्मचारी च्यापे पछि एमाले निकटका कर्मचारीहरु फायर भएका हुन । पाँचै विकास क्षेत्रमा क्षमता विकास गर्नका लागि सञ्चालन भएको यो कार्यक्रम नयाँ संरचनामा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...