बालुवाटारमा शुरु भयो नेकपाको हेडक्वाटर बैठक, एजेन्डा के-के छन् ?
-नेकपाले पार्टी सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा शुरु भएको छ ।
यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते सो पार्टीको सचिवालय वैठक बसेको थियो ।
विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक एक घण्टा ढिला गरी शुरु भएको हो ।
आजको बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ ।
नौ सदस्यीय नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्रीको केपी ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको कार्यविभाजन र संसदीय समिति गठन लगायतका विषयमा छलफल हुनेछ ।
नेकपाले यस अघि विभिन्न भातृ संगठनहरुको एकताका लागि कार्यदल बनाएको थियो ।
केन्द्रीय किमिटबाहेक अन्य कमिटीको एकता अगाडि बढेको छैन् ।
पत्नी सीता दाहालको उपचारमा असार ३ गते सिंगापुर गएका नेकपाका एक अध्यक्ष प्रचण्ड दुई सातापछि आइतवारमात्रै फर्केका छन् ।