गोविन्द केसी र गंगामाया प्रकरण, आजदेखि कांग्रेसले संसद चल्न नदिने, सदन, सडक, सञ्चार माध्यम, सामाजिक सञ्जाल र सत्याग्रहबाट सरकार ढाल्ने चेतावनी



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसत्तावादतिर उन्मुख भएको आरोप लगाउँदै उनलाई जवाफदेही बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आक्रामक र आन्दोलनात्मक रणनीतिको तयारी गरेको छ ।

कांग्रेसका एक प्रभावशाली नेता तथा सांसदका अनुसार निषेधित क्षेत्रलाई सीमित गर्ने निर्णयसँगै डा. गोविन्द केसी तथा गंगामाया अधिकारीको अनशन प्रकरण र संविधान विपरित सभामुख तथा उपसभामुख दुवै पदमा सत्ताधारी नेकपाले नियन्त्रण गरेको विरोधमा सदन भित्र र बाहिर सडकमा विरोध गर्ने निर्णय मंगलबार पार्टी सभापति शेरबहादु देउवाको निवासमा भएको बताए ।

बुधबार बिहान १० बजेपछि सिंहरबारमा बस्ने कांग्रेस संसदीय दलको बैठकले यी विषयमा संसदमा आक्रमक रुपमा प्रस्तुत हुने र परिआएमा ‘संसदको वेल’ मा गइ नाराबाजी गर्ने र संसद अवरोध गर्ने निर्णय लिन सक्ने जानकारी ती नेताले दिएका छन् ।

संसदीय दलको बैठकले मंगलबार सभापति देउवाको निवासमा भएको पार्टीका शीर्ष नेताबिचको छलफलको निर्णयलाई अनुमोदन गर्ने संकेत एक प्रभावशाली नेताले गरेका छन् ।

यस्तै कांग्रेस केन्द्रीय समितिका सदस्य प्रदीप पौडेलको नेतृत्वमा माइतीघरमण्डलामा लागेको निषेधाज्ञालाई अवज्ञा गर्न पनि मंगलबारको वरिष्ठ नेताको बैठकले निर्देशन दिएको छ ।

संविधानमा प्रतिनिधिसभा तथा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमा सत्ता र प्रतिपक्ष दलका व्यक्ति हुनु पर्ने प्रावधान छ । तर दुवै पदमा सत्तारुढ नेकपाले नियन्त्रण गरेको र पटक पटकको आग्रहलाई प्रधानमन्त्री तथा सत्तापक्षले अवज्ञा गरेको भन्दै संविधान अनुरुप त्यसालाई सम्बोधन नगरिएसम्म संसद अवरुद्ध हुन सक्ने ती नेताले बताए ।

देउवा निवासमा भएको बैठकमा कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल लगायतका नेताले मुलुकमा देखापरेको ‘सर्वसत्तावादी’ प्रवृत्तिप्रति पार्टी नेतृत्व उदासिन रहेको आरोप लगाउँदै आफ्नो सक्रिय भूमिका प्रदर्शन गर्न देउवामाथि दबाब दिएका थिए ।

उपस्थित केही सदस्यले चिकित्सा शिक्षा प्रतिस्थापन विधेयकमा पहिले डा. केसीसँग भएका सहमति विपरित र नेकपाको केही नेताको व्यापारिक हित सम्वर्द्धनका लागि परिमार्जन गरिएको बताए ।

उनीहरुले डा. केसीसँगै छोरोका हत्याराहरुलाई गिरफ्तार गर्न माग गर्दै आजीवन भोकहड्तालमा रहकी गंगामायाको प्राण रक्षाका लागि सरकारमाथि दबाब दिनु पर्ने बताए । त्यसपछि कांग्रेस नेतृत्व कडा निर्णय लिने निष्कर्षमा पुगेको हो ।

डा. केसी र गंगामायालाई सरकारले जानी जानी मृत्यु तर्फ धकेलेकाले उनीहरुको प्राण रक्षाका लागि कांग्रेसले कडा कदम चाल्नु पर्ने देउवा निवासमा भएको बैठकमा सहभागित भएका नेताहरुले नेतृत्वलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
बालेन र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्तरूपमा शिलान्यास

    प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको...

नेपाल-भारतबीच भएका आठ समझदारी

  प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ ।...

मोदीले हिन्दीमा बोले, बालेनले नेपालीमा

    भारत भ्रमणमा रहेका प्रधानमन्‍त्री वालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त...

चुनावमा एमालेसँग मिल्ने सहमति भइसक्यो : प्रचण्ड

    नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्थानीय र प्रदेशसभाको निर्वाचनमा एमालेसँग मिलेर...