सरकारले डा केसीको स्वास्थ्यको वेवास्ता ग¥यो भन्दै चिकित्सक संघ उत्रियो आन्दोलनमा



हाम्रो इकोनोमि

सरकारले वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ ।

चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिदै जाँदा पनि सरकारले अस्पतालमा उपचारसमेत गर्न नदिएको भन्दै संघले कर्णाली जुम्ला सडकमा अर्धनग्न जुलुस निकालेर विरोध प्रर्दशन गरेको हो ।

चिकित्सा क्षेत्रमा देखिएका बेथिति हटाउन र जनताका लागि न्याय गर्ने डा केसीलाई अस्पतालमा उपचारसमेत गर्न नदिएको विरोधमा पहिलो दिन अर्धनग्न भएर सडक आन्दोलनमा उत्रेको संघका उपाध्यक्ष डा प्रवीणकुमार गिरीले बताउनुभयो ।

उपाध्यक्ष गिरीले भन्नुभयो, “चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्रा डा केसीको जीवन रक्षाका लागि सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्न दिएको २४ घण्टे समयसीमाभित्र प्रशासनको कुनैपनि पहल नभएपछि हामी आन्दोलनमा उत्रेका हौँ ।”

उहाँले आजदेखि प्रदेशस्तरका आकस्मिक कक्षबाहेक सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चिकालीन् बन्दका लागि आह्वान गरिएको पनि बताउनुभयो । यता प्राडा केसीले आफूले राखेका माग सरकारले पूरा नगरेसम्म जीवनमरणको लडाई जारी राख्ने बताउनुभएको छ ।

नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जनताका हितमा बोल्ने सच्चा नागरिकमाथि दमन र अपमान गरेर सरकारले नेपाली जनतामाथि अन्याय गरेको बताउनुभयो । सरकारले संविधानको मौलिक हक कुण्ठित गरेको औँल्याउँदै उहाँले डा केसीको मानवअधिकार हरण गरिएको गुनासो गर्नुभयो ।

चिसो र अँध्यारो ठाउँमा राखिएकाले डा केसीको स्वास्थ्य निकै कमजोर बन्दै गएको मेडिकल डाइरेक्टर डा पूजन रोकायाले बताउनुभयो । उहाँका अनुसार डा केसीको मुटुको ढुकढुकी बढ्ने, छाती दुख्ने, रिंगटा लाग्ने, हातखुट्टा बाउँडिने, सुन्निने, टाउको दुख्ने समस्या बढ्दै गएको छ । उहाँले पर्याप्त स्वास्थ्य सामग्रीको अभावमा डा केसीको स्वास्थ्य अवस्था नाजुक बनेको पनि जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...