सरकारले डा केसीको स्वास्थ्यको वेवास्ता ग¥यो भन्दै चिकित्सक संघ उत्रियो आन्दोलनमा



सरकारले वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ ।

चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिदै जाँदा पनि सरकारले अस्पतालमा उपचारसमेत गर्न नदिएको भन्दै संघले कर्णाली जुम्ला सडकमा अर्धनग्न जुलुस निकालेर विरोध प्रर्दशन गरेको हो ।

चिकित्सा क्षेत्रमा देखिएका बेथिति हटाउन र जनताका लागि न्याय गर्ने डा केसीलाई अस्पतालमा उपचारसमेत गर्न नदिएको विरोधमा पहिलो दिन अर्धनग्न भएर सडक आन्दोलनमा उत्रेको संघका उपाध्यक्ष डा प्रवीणकुमार गिरीले बताउनुभयो ।

उपाध्यक्ष गिरीले भन्नुभयो, “चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्रा डा केसीको जीवन रक्षाका लागि सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्न दिएको २४ घण्टे समयसीमाभित्र प्रशासनको कुनैपनि पहल नभएपछि हामी आन्दोलनमा उत्रेका हौँ ।”

उहाँले आजदेखि प्रदेशस्तरका आकस्मिक कक्षबाहेक सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चिकालीन् बन्दका लागि आह्वान गरिएको पनि बताउनुभयो । यता प्राडा केसीले आफूले राखेका माग सरकारले पूरा नगरेसम्म जीवनमरणको लडाई जारी राख्ने बताउनुभएको छ ।

नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जनताका हितमा बोल्ने सच्चा नागरिकमाथि दमन र अपमान गरेर सरकारले नेपाली जनतामाथि अन्याय गरेको बताउनुभयो । सरकारले संविधानको मौलिक हक कुण्ठित गरेको औँल्याउँदै उहाँले डा केसीको मानवअधिकार हरण गरिएको गुनासो गर्नुभयो ।

चिसो र अँध्यारो ठाउँमा राखिएकाले डा केसीको स्वास्थ्य निकै कमजोर बन्दै गएको मेडिकल डाइरेक्टर डा पूजन रोकायाले बताउनुभयो । उहाँका अनुसार डा केसीको मुटुको ढुकढुकी बढ्ने, छाती दुख्ने, रिंगटा लाग्ने, हातखुट्टा बाउँडिने, सुन्निने, टाउको दुख्ने समस्या बढ्दै गएको छ । उहाँले पर्याप्त स्वास्थ्य सामग्रीको अभावमा डा केसीको स्वास्थ्य अवस्था नाजुक बनेको पनि जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य