विश्वकपमा सट्टेबाजी खेलाउँदै गर्दा सात लाख नगदसहित तीन जना पक्राउ



हाम्रो इकोनोमि

महानगरीय प्रहरी परिसर काठमाडौँले हाल भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीनजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले कामनपा–१५ बज्र होटल नजिक बसेर सट्टेबाजी खेलाउँदै गरेका काठमाडौँ म्हैपीका २२ वर्षीय प्रकट महर्जन, रामघाट बस्ने २२ वर्षीय रेजिन महर्जन र चागल बस्ने २५ वर्षीय सुजेन शाहीलाई रु छ लाख ९९ हजार नगदसहित सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले उनीहरुले विश्वकप फुटबलमा रकम बाजी राख्न लगाई खेल खेलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुसँग रु छ लाख ९९ हजार नगद र चार थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका तीनैजनासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...