सुशीला कार्कीले केपी ओलीलाई यसरी हानिन वाण,कांग्रेसले पनि गर्दैछ छेडछाड



हाम्रो इकोनोमि

पूर्वप्रधानन्याधीश सुशीला कार्कीले चिकित्सा शिक्षाको क्षेत्रमा सुधारका लागि डा केसीको लडाइँ सही रहेको बताएकी छिन्।

सन्तानविहीन डा केसी गरिबलाई उपचार र उनीहरुका सन्तति पनि डाक्टर बन्न पाउनुपर्ने अधिकारका लागि लडिरहेको स्मरण गराउँदै उनका माग पूरा गर्न कार्कीले आग्रह गरिन्। राजधानीमा डा गोविन्द केसी र गंगामाया अधिकारीको अनसनका विषयमा आयोजित कार्यक्रममा बोल्दै उनले सडकमा हुँदा गरिबको पक्ष लिने र सरकारमा आउँदा सामन्त व्यापारीलाई सहयोग गर्ने प्रवृत्ति देखिएको आरोप लगाइन्। उनले सरकारलाई प्रश्न गरिन्, ‘के तपाईं पनि सामन्त होरु’

चिकित्सा शिक्षामा चरम व्यापारीकरणका कारण आफूले समेत सन्तानलाई चिकित्सा पढाउन नसकेको उनले खुलाइन्। कार्यक्रममा बोल्दै उनले भनिन्, ‘चिकित्सा शिक्षा यति महँगो भयो कि मैले सन्तानलाई पढाउन सकिनँ।’

एक विद्यार्थीले चिकित्सा पढ्ने सबै योग्यता पूरा गर्दा पनि पढ्न नपाएको मुद्दा आफू न्यायाधीश हुँद हेरेको उनले स्मरण गरिन्। ‘तीनपल्ट नाम निकाल्दा पनि पढ्न नदिएपछि मुद्दा हालेकी रहिछन्। उनले अब पनि पढ्न नपाए आफू आत्महत्या गर्ने अदालतमै बताइन्,’ उनले भनिन्।

चिकित्सा विषय महँगोमा पढ्ने भए पनि त्यो अनुसारको अवसर नभएको उनले टिप्पणी गरिन्। आफ्नै छिमेकीले वर्षौंसम्म एकजोर सुटसमेत नफेरेर सन्तानलाई चिकित्सा पढाएको तर पढेपछि २० हजार रुपैयाँको जागिर पाएको तथ्य उल्लेख गरिन्।

 

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...