सुशीला कार्कीले केपी ओलीलाई यसरी हानिन वाण,कांग्रेसले पनि गर्दैछ छेडछाड



हाम्रो इकोनोमि

पूर्वप्रधानन्याधीश सुशीला कार्कीले चिकित्सा शिक्षाको क्षेत्रमा सुधारका लागि डा केसीको लडाइँ सही रहेको बताएकी छिन्।

सन्तानविहीन डा केसी गरिबलाई उपचार र उनीहरुका सन्तति पनि डाक्टर बन्न पाउनुपर्ने अधिकारका लागि लडिरहेको स्मरण गराउँदै उनका माग पूरा गर्न कार्कीले आग्रह गरिन्। राजधानीमा डा गोविन्द केसी र गंगामाया अधिकारीको अनसनका विषयमा आयोजित कार्यक्रममा बोल्दै उनले सडकमा हुँदा गरिबको पक्ष लिने र सरकारमा आउँदा सामन्त व्यापारीलाई सहयोग गर्ने प्रवृत्ति देखिएको आरोप लगाइन्। उनले सरकारलाई प्रश्न गरिन्, ‘के तपाईं पनि सामन्त होरु’

चिकित्सा शिक्षामा चरम व्यापारीकरणका कारण आफूले समेत सन्तानलाई चिकित्सा पढाउन नसकेको उनले खुलाइन्। कार्यक्रममा बोल्दै उनले भनिन्, ‘चिकित्सा शिक्षा यति महँगो भयो कि मैले सन्तानलाई पढाउन सकिनँ।’

एक विद्यार्थीले चिकित्सा पढ्ने सबै योग्यता पूरा गर्दा पनि पढ्न नपाएको मुद्दा आफू न्यायाधीश हुँद हेरेको उनले स्मरण गरिन्। ‘तीनपल्ट नाम निकाल्दा पनि पढ्न नदिएपछि मुद्दा हालेकी रहिछन्। उनले अब पनि पढ्न नपाए आफू आत्महत्या गर्ने अदालतमै बताइन्,’ उनले भनिन्।

चिकित्सा विषय महँगोमा पढ्ने भए पनि त्यो अनुसारको अवसर नभएको उनले टिप्पणी गरिन्। आफ्नै छिमेकीले वर्षौंसम्म एकजोर सुटसमेत नफेरेर सन्तानलाई चिकित्सा पढाएको तर पढेपछि २० हजार रुपैयाँको जागिर पाएको तथ्य उल्लेख गरिन्।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...