सामान्य अंकले बढ्यो शेयर बजार



लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने सामान्य बिन्दुले उकालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर बजार मापक परिसूचक नेप्से ०.६५ बिन्दुले बढेर एक हजार १८०.३६ बिन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ परिसूचकसमेत ०.२२ बिन्दुले बढेर २४८.२५ बिन्दुमा पुगेको छ । आज कूल १६२ कम्पनीको नौ लाख १५ हजार १३६ कित्ता शेयर रु २१ करोड ८१ लाख ९८ हजार ९९८ मूल्यमा खरिद बिक्री भएको छ ।

आइतबार र सोमबारको तुलनामा शेयर संख्यामा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । नेप्सेका अनुसार चार उपसमूहको शेयर आज घटेको छ भने पाँच उपमूहको शेयर बढेको छ ।

बैंकिङ ३.५३, होटल ६.५३, फाइनान्स १.९८, उत्पादन १५.४४ र अन्य समूहको शेयर ०.७१ बिन्दुले बढेको छ । यस्तै विकास बैंक ०.१६, जलविद्युत् १६.४७, बीमा २८.६७ र माइक्रोफाइनान्स ९.५४ बिन्दुले घटेको छ ।

रिडी हाइड्रोको हकप्रद शेयर आउने

रिडी हाइड्रोले एकबराबर एक कित्ता हकप्रद शेयर दिने भएको छ । कम्पनीले स्टकलाई आज दिएको जानकारीअनुसार रु ५० करोड १० लाख ५५ हजार १०० बराबरको हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपश्चात् हकप्रद शेयर जारी गरिने भएको छ ।

प्रकाशित मिति : १९ असार २०७५, मंगलबार  १६ : २०  बजे

प्रतिक्रिया दिनुहोस
सेयर बजार कारोबार १४ अर्ब नाघ्यो

   बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ ।

अमेरिकाबाट थप १९ जना नेपाली भए डिपोर्ट

  अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक

साउन महिनाको लागी बैंकहरूले घटाए ब्याजदर

    जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि

नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ