जनताले संञ्चयकोषमा जम्मा गरेको रकम यसरी डुब्ने भो, निगमले ल्याएको नयाँ जहाजमा दैनिक १ करोड घाटा, सुगतरत्न कंसाकार अख्तियारको निगरानीमा



 

 

नेपाल वायु सेवा निगम (एनएसी)ले पहिलोपटक वाइड बडी विमान २०७५ असार १४ गते नेपाल भित्र्याएको छ । ८ जहाजले आन्तरिक र २ न्यारोबडीले अन्तर्राष्ट्रिय उडान भर्दै आइरहेको समस्याग्रस्त निगमले वाइड बडी  भित्र्याएसँगै सेवा विस्तार गर्ने बताएको छ ।

विभागीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले त यसले निगमको उपस्थिति र प्रभाव थप फराकिलो हुने भन्दै प्रसन्नता जनाएका छन् ।  निगमका अधिकारीहरू पनि नयाँ विमान भित्रिएसँगै उत्साहित  छन् ।

 

‘ए ३३०–२००’ सिरिजको पहिलो विमान भित्र्याएको निगमले अर्को महिना यस्तै वाइड बडी ल्याउँदैछ । राष्ट्रिय ध्वजावाहक निगमले आफ्नो सेवा र प्रभाव विस्तार गर्न जहाज थप्नु मनासिव कुरा हो ।

जनताले संञ्चयकोषमा जम्मा गरेको रकम यसरी डुब्ने भोएको छ । निगमले ल्याएको नयाँ जहाजमा दैनिक १ करोड घाटा छ । जहाज ग्रँउण्डेड भएछि दैनिक घाटामा छ । सुगतरत्न कंसाकारलाई अख्तियारको निगरानीमा राखेको बिषेश स्रोतको दाबी छ ।

 

तर, उदेकको कुरा यो छ कि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहने निगमले ११ अर्बको ऋण थाप्लोमा बोकेर विमान भित्र्याए पनि अब ३४ दिनसम्म दैनिक लगभग एक करोड नोक्सानी ब्यहोर्दा रु. ४४ करोड नोक्सान अवस्था उत्पन्न हुन गएको छ ।

 

निगम ब्यवस्थापनको कमजोरीका कारण सामान्यभन्दा सामान्य तयारी समेत गरेको पाइएन । सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ, तर निगमले अनुमति लिने सामान्य प्रक्रियादेखि जहाज उडाउने पाइलटसम्मको डेढ वर्षसम्म प्रबन्ध  नगरेर रमिते बनेर बसेको कुराको पुष्टि वाइड बडी जहाज ग्राउण्डेडले गरेको छ ।

 

जहाज उडाउन आवश्यक जनशक्तिलगायतको ब्यवस्थापन नगरी हचुवाको भरमा निगमले वाइड बडी जहाज भित्र्याएपछि धेरैले यसलाई दुलहीको टुंगोविनै दुलाहा लिएर हिँडेको जन्तीको संज्ञा दिएका छन् ।

 

शुरुमै ग्राउन्डेड 

एयरलाइन्सहरूको मुख्य लक्ष्य व्यापार अभिवृद्धि गर्नु हो । आफ्नो सेवा विस्तार गरेर फैलने र फाइदा लिने ध्येय राख्ने एयरलाइन्सहरूले नयाँ विमान आएसँगै त्यसको व्यावसायिक उडान शुरु गर्छन् । नेपालकै उदाहरण हेर्ने हो भने पनि निजी क्षेत्रको हिमालय एयरलाइन्सले रातारात उडान अनुमति लिएर ब्यवसायिक उडान सुरु गरेको थियो ।

 

निगमभित्र चाहिं कुन माफियाको षडयन्त्रले जहाज ग्रँउण्डेड हुन गयो ? छानविनको विषय बन्नु पर्ने माग उठेको छ । तर, दुर्भाग्य † नेपाल वायु सेवा निगम यस्तो एयरलाइन्स हो, जसले रु. ११ अर्ब धनराशी खन्याएर खरिद गरेको विमान ल्याएलगत्तै ग्राउन्डेड गरेर राखेका छन् ।

 

जहाजमा समस्या आएर ग्राउण्डेड गरिने भएपनि निगमको ब्यवस्थापनले भने नयाँ विमान थन्क्याएर विश्व रेकर्ड तोड्दै अदूरदर्शिताको कीर्तिमान खडा गरेको छ ।

 

छैन उडान अनुमति 

चर्को विरोधका बीच निगमले ०७३ चैत २५ गते अमेरिकी कम्पनी एएआरसँग ‘ए ३२०–२००’ सिरिजको विमान खरिद गर्ने सम्झौता गरेको थियो । यहीबीचमा निगमले ऋण खोज्नेदेखि भुक्तानी गर्नेसम्मको सबै काम गरेर विमान ल्याउन निकै उत्सुकता देखायो ।

 

विमान खरिद गरेर स्वदेश भित्र्याउन हतारिएको सुगतरत्न कंसाकार नेतृत्वको निगमले आन्तरिक व्यवस्थापनतर्फ भने सिन्कोसमेत नभाँचेको कुरा नयाँ जहाज नै ग्राउण्डेड भएबाट पुष्टि हुन गएको छ । यसकै ज्वलन्त उदाहरण हो, नयाँ विमानको उडान अनुमति ।

 

निगम समेत नागरिक उड्डयन प्राधिकरणको संचालक सदस्य रहेपनि घुसको कारोवार नहुने भएकाले उडान अनुमतिका लागि ढिला गरिएको त होइन भन्ने प्रश्न हिमालय एयरलाइन्सले विमानभित्रिएको २४ घण्टामै उडान अनुमति पाएबाट उब्जिएको छ ।

 

निजी क्षेत्रको हिमालय एयरलाइन्सले नयँँ विमान भित्रिएको भोलिपल्टै अनुमति लिएर ब्यवसायिक उडान थाले पनि सरकारी ध्वजावाहकले भने तत्कालै उडान अनुमति नपाउनुको रहस्य के हो भन्ने प्रश्न खडा भएको छ । निगमले पनि विमान आइसकेपछि मात्रै उडान अनुमतिका लागि प्रक्रिया थालेको बताएको छ ।

 

निगमले ‘विमान ल्याउने भइसकेपछि व्यवस्थापनले उडान अनुमति लिनुपर्ने भएपनि आइसकेपछि मात्रै थालिएको छ’, निगमका एक अधिकारीले साँघुसँग गुनासो गरे, ‘रु. ११ अर्बको जहाज ल्याउँदा समेत उडाउनेतर्फ व्यवस्थापन पक्षले खासै गम्भीरता देखाएको छैन ।’

 

तर, निगमका महाप्रबन्धक कंसाकार उडान अनुमति नलिनु व्यवस्थापनको लापरबाही भएको स्वीकार्न तयार छैनन् । उनले उडान अनुमति लिने प्रक्रिया नै झन्झटिलो भएको भन्दै आफ्नो बचाउ गरे ।

‘उडान अनुमति समयमा नै लिएन भनेर कतिपयले प्रश्न उठाउनु भएको छ’, साँघुको जिज्ञासामा कंसाकारले भने, ‘यो व्यवस्थापनको गैरजिम्मेवारीको कारणले भन्दा पनि सरकारी नियमका कारण आएको समस्या हो । विमान नआई उडान अनुमति लिन नमिल्ने भएकाले चाहँदाचाहँदै पनि अनुमति लिन ढिलाइ भएको हो ।’

 

कंसाकारले उडान अनुमतिका लागि नागरिक उड्डयन प्राधिकरणमा प्रक्रिया शुरु गरिएको र छिट्टै यसले मूर्तरुप लिने बताए । ‘विमान आएपछि हामीले प्रक्रिया थालेका छौं’, उनले भने, ‘केही दिनमा नै अनुमति पाउँछौं ।’

 

व्यापारिक योजना गफमात्रै 
नयाँ विमान ल्याएको निगम व्यवस्थापन कतिसम्म हावादारी र लहडको भरमा अघि बढेको छ भने उसले कुनै विजनेश योजनासमेत बनाउन सकेको छैन । त्यसैले नयाँ विमान भित्रिए पनि यो अहिले सेतो हात्ती बनेको छ ।

 

निगमका एक अधिकारी नयाँ विमान कहाँ कहाँ उडाउने भन्नेजस्ता सामान्य तयारी पनि नहुनु विजनेश प्लान बनाउन नसक्नुकै परिणति भएको बताउँछन् । ती अधिकारीले यसलाई महाप्रबन्धक कंसाकारलगायत व्यवस्थापनमा रहेकाहरूको असफलतासँग जोडेर हेर्नुपर्ने बताए ।

तर, जहाज एक महिना थन्किएर ३४ करोड नोक्सानी ब्यहोर्ने सत्य छर्ल¨ हँुदाहँुदै पनि जीएम कंसाकार भने निगमसँग विजनेश प्लान नभएको स्वीकार्न तयार छैनन् ।

 

उनले निगमसँग पर्याप्त विजनेश प्लान भएको र आउँदा दिनमा ती योजनाहरू लागू हुने दाबी गर्छन् । ‘हामीसँग ४ सय पृष्ठको व्यापारिक योजना छ । त्यसलाई अब कार्यान्वयन गरेर निगमलाई प्रगतिको पथमा लम्काउँछौं’, कंसाकारले भने ।

 

विमान त आइपुग्यो जनशक्ति खै त ?  
उडान अनुमतिजस्तै विमान उडानका लागि पनि आवश्यक जनशक्ति तयार गर्ने काम  पनि महत्त्वपूर्ण हुन्छ । विमान सञ्चालनका लागि चालकदलका सदस्यहरूको आवश्यकता पर्ने भएकाले एयरलाइन्सहरूले यसतर्फ बेलैमा तयारी गरेका हुन्छन् ।

सरकारी ध्ववजावाहक नेपाल वायु सेवा निगमको कुरा भने अलि भिन्न छ । वाइड बडी जहाज खरिद प्रक्रिया थालेको झण्डै डेढ वर्षपछि विमान आइपुगे पनि निगमले उडाउने जनशक्तिको कुनै तयारी गरेको छैन ।

 

निगमका महाप्रबन्धक कंसाकार स्वयं एउटा वाइड बडी उडाउनका लागि पाइलट, को–पाइलट गरी १६ जना जनशक्ति आवश्यक हुने बताउँछन् । तर, दुर्भाग्य  निगमसँग वाइड बडी उडाउने जनशक्ति एकजना पनि  नभएको अवस्था छ ।

 

महाप्रबन्धक कंसाकार जनशक्ति व्यवस्थाका लागि बल्ल पो प्रक्रिया थालिएको बताउँछन् । उनका अनुसार, दुई वाइड बडी उडाउनका लागि विदेशी पाइलट ल्याउने तयारी भइरहेको छ ।

उनले आवश्यक जनशक्ति व्यवस्थापन गर्न नसक्नु निगम व्यवस्थापनको अदूरदर्शिता नभएको हास्यस्पद जिकिर गरे । विमान नआउँदै जनशक्ति तयार गरेर राख्दा तलबलगायतका भार पर्ने भएकाले विमान आएपछि यसको व्यवस्थापनमा लागेको बताए ।

 

‘विमान सञ्चालनका लागि आवश्यक पर्ने पाइलट र को–पाइलटलगायत जनशक्तिको हामी तयारी गर्दैछौं’, कंसाकारले भने, ‘‘जहाज आउनु अगाडि नै जनशक्ति भर्ती गर्दा निगमलाई भार पर्ने भएकाले यसको व्यवस्थापनमा केही ढिलाइ भएको हो ।’’ तर, नयाँ वाइड बडी ग्रँउण्डेड हुँदा दैनिक एक करोड नोक्सान बारेमा जीएम कंसाकार निरुत्तर छन् ।

 

गन्तव्य अनिश्चित 
निगमले नयाँ वाइडबडी खरिद गरेपछि नयाँ गन्तव्यमा उडान भर्ने बताएको थियो । स्वयं महाप्रबन्धक कंसाकारले पनि युरोपलगायतका देशहरूमा प्रभाव विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए । अ

र्को दुर्भाग्य † वाइडबडी विमान भित्रिए पनि नयाँ गन्तव्य खोजी निगमले गरेको छैन । १० नयाँ गन्तव्य थपेर व्यापार गुल्जार पार्ने सपना बाँडेको निगमले उच्च क्षमताको वाइड बडी विमान पनि पुरानै ८ गन्तव्यमा उडाउने तयारी गर्दैछ । त्यो पनि जहाज भित्रिएको ३४ दिनपछि मात्र ††?

 

निगमका महाप्रबन्धक कंसाकार नयाँ गन्तव्यको खोजी भइरहेको दाबी गर्छन् । उनले नयाँ वाइड बडीले ३ महिना पुरानै गन्तव्यमा उडान भर्ने र त्यसपछि नयाँ गन्तव्यतर्फ उड्ने दाबी गरे । उनका अनुसार, जापान, कोरिया र साउदी अरेबिया उडान भर्ने लगभग निश्चितजस्तै भइसकेको छ ।

 

विमान खरिद युरोपबाट गर्ने, युरोपबाटै उडेर जहाज नेपाल भित्रिने, तर, बिडम्बना त्यो जहाज फ्रान्स भने जान नपाउने ! युरोपमा उडान चाहिँ किन गर्न नपाउने ? भनेर साँघुले राखेको जिज्ञासामा उनले ‘‘यो प्राविधिक विषय भएको’’ जवाफ दिए । युरोपियन युनियनले नेपाललाई कालोसूचीमा राखेकाले चाहँदाचाहँदै पनि युरोपका देशहरूमा उडान भर्ने निगमको योजना सफल हुन नसकेको गुनासो गरे ।

 

कालोसूचीबाट नेपाल हटेसँगै निगमले युरोपका देशहरूमा उडान भर्ने उनको दाबी छ । ‘नयाँ गन्तव्यको खोजी शुरु भइरहेको छ, केही भेटिएका पनि छन् । अन्तर्राष्ट्रिय प्रचलनअनुसार ३ महिना उडान भर्न नमिल्ने भएकाले त्यसपछि उडाउने योजना बनाएको छौं’, कंसाकारले भने ।

 

दैनिक एक करोड नोक्सान
निगमले दुई वाइडबडी खरिदका लागि रु. २१ अर्ब ९० करोड रुपैयाँ खर्चेको छ । एक थान वाइडबडीको दैनिक व्याज नै ४३ लाख हुन आउने अधिकारीहरू बताउँछन् ।

यति मात्रै होइन, ल्यान्डिङ, पार्किङ, इन्सुरेन्स, स्पेयर पार्ट्समा पनि दैनिक २० लाख भार थपिन्छ । भर्ना गर्न लागिएको विदेशी पाइलटले पनि उत्तिकै भार थप्ने निश्चित छ । यसले दुई वाइडबडी जहाज कतै निगमका लागि सेतो हात्ती हुने त होइन ? भन्ने प्रश्न उब्जन पुगेको छ ।

 

कंसाकार भने निगमलाई जनकपुर चुरोट कारखाना बनाउन कस्सिएकाहरू हौवा फैलाउन थालेको र आर्थिक भारको कुरा त्यही सिलसिलाको एउटा कडी भएको बताउँछन् । ‘हामीले न्यारो बडी खरिद गर्दा पनि यही कुरा उठेको थियो । तर, हामीले सबै किस्ता नियमितरुपमा बुझायौं । अब पनि बुझाउँछौं । यसमा कुनै शंका गर्न जरुरी छैन ।

साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु