बाह्र हजार फलफूलका बिरुवा वितरण



हाम्रो इकोनोमि

ल्लामा विभिन्न जातका फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार पहिलो चरणमा बाढी पहिरोपीडित कालिका, नौकुण्ड र उत्तरगया गाउँपालिकाका ३०८ परिवारलाई १२ हजार ७०० फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ ।

कागती, सुन्तला, अम्बा र अलैँचीका बिरुवा वितरण गरिएको हो । बिरुवा संरक्षण गर्न किसानलाई प्राविधिकले आग्रह गरेका छन् । उत्तरी रसुवाको स्याफ्रुबेँसीमा अहिले अम्बाका साथै सुन्तलासमेत उत्पादन हुन थालेको छ ।

यस्तै चालू आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा कृषि कार्यालयले ८१ मौरीको घार वितरण गरेको छ । मौरीसहित रु १० हजार मूल्य पर्ने घार र प्रतिघार रु पाँच हजार ढुवानी भाडा किसानलाई उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत दिनेशबाबु तिवारीले बताउनुभयो । कार्यालयले हालसम्म एक हजार ५५६ मौरीका घार वितरण गरेको छ । किसानलाई एपिस सेरेना जातको मौरी उपलब्ध गराइएको हो ।

गत वर्षको तथ्याङ्क अनुसार परम्परा र आधुनिक ढंगबाट पालिएका मौरीले १८ क्विन्टल मह उत्पादन गरी कूल रु एक करोड ८० लाखबराबर आम्दानी गरेको कार्यालयले जनाएको छ । मह प्रतिकिलो रु ६०० मा बिक्री गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
६ महिनामा वीरगन्ज हुँदै ७ अर्ब ६४ करोडको दलहन भित्रियो

    वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ७ अर्ब ६४ करोड...

६ महिनामा २० अर्बको धानचामल आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा...

उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...