भ्रष्टाचारको आरोपमा मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब पक्राउ



हाम्रो इकोनोमि

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक पक्राउ परेका छन् ।

वान एमडीबी राज्य लागनी कोषमा भएको भ्रष्टाचारको आरोपबारे अनुसन्धान अन्तरगत उनलाई पक्राउ गरिएको अलजजिराले उल्लेख गरेको छ ।

नाजिबको परिवारको वकिलले च्यानल न्युज एसियासँग कुरा गर्दै उनीमाथि वान एमडीबी राज्य लागनी कोषमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

यसअघि मंगलबार मलेसियाको एन्टी करप्सन एजेन्सीले नाजिबका छोरा तथा हलिउडका चलचित्र निर्माता रिजा अजिजसँग पनि सोधपुछ गरेको थियो ।

यही भ्रष्टाचार काण्डका कारण नाजिबको गठबन्धनले गत मे ९ मा भएको चुनावमा हार बेहोर्नु परेको थियो ।

नयाँ सरकार बनेसँगै भ्रष्टाचार प्रकरणमा छानबिन शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...