पेरिसडाँडा बेच्ने र नबेच्ने बीच विबाद, प्रचण्डले भने बरु ऋण होस बेच्न दिन्न,यो मोरो चिनारी हो



तत्कालीन माओवादी केन्द्रको केन्दीय कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडाको जग्गा ऋण तिर्न भनी बिक्रीमा राखे पनि फेरी बचाउ अभियानमा लागेका छन् ।

पार्टी कार्यालयसँगै रहेको २१ आना जग्गा र कार्यालय बेचेर पार्टीको ऋण तिर्नु पर्छ भनी आवाज उठेको थियो । त्यसैले जग्गा साथै कार्यालय बिक्रीमा राखिएको थियो ।

पेरिसडाँडा बेच्ने र नबेच्नेबीच विबाद भएछि प्रचण्डले भने बरु ऋण होस बेच्न दिन्न यो मोरो चिनारी हो ।

उक्त जग्गा साथै कार्यालय बचेर भए पनि युवा स्वरोजगार लगायतका तिर्नु पर्ने आवाज अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष उषा देवकोटा, धनबहादुर वि.कको जोडबलमा बिक्रीमा राखिएको थियो ।

तर, फेरी महासंघकै दोस्रो पुस्ताका नेता कार्यकर्ताहरू पेरिसडाँडा बचाउ अभियान नामको समिति निर्माण गरेर बचाउन लागि परेको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तर्गतका सबै पेशागत घटकका केन्द्रीय समितिहरूको उपत्यकामा रहेका पदाधिकारीहरूले बैठक राखी पेरिसडाँडा बचाउ अभियान चलाइको हो ।

पार्टी कार्यालय वरिपरि रहेको २१ आना जग्गा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष जय कार्की तथा पूर्व उपाध्यक्ष बाबुराम गौतमको नाममा रहेको छ ।

जानकार अनुसार २०६८ सालमा मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ५ करोड ऋण लिएको थियो ।

ऋण लिएको यतिका समय बितिसक्दा पनि तिर्न सकेको कारण सहकारीका अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष उषा देवकोटा र धनबहादुर वि.क.ले कार्यालयसँगै रहेको २१ आना जग्गा बेच्ने प्रक्रिया अगाडी बढाएको हो ।

 

सरकारको स्वमित्वमा रहेको स्वरोजगार कोषको ऋण मजदुर शहीद स्मृति उपभोक्ता सहकारीमा संलग्न पदाधिकारीले २५-२५ जनाको समूह बनाई समूहको प्रमुखको नाममा ऋण बाँडेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु