पेरिसडाँडा बेच्ने र नबेच्ने बीच विबाद, प्रचण्डले भने बरु ऋण होस बेच्न दिन्न,यो मोरो चिनारी हो



हाम्रो इकोनोमि

तत्कालीन माओवादी केन्द्रको केन्दीय कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडाको जग्गा ऋण तिर्न भनी बिक्रीमा राखे पनि फेरी बचाउ अभियानमा लागेका छन् ।

पार्टी कार्यालयसँगै रहेको २१ आना जग्गा र कार्यालय बेचेर पार्टीको ऋण तिर्नु पर्छ भनी आवाज उठेको थियो । त्यसैले जग्गा साथै कार्यालय बिक्रीमा राखिएको थियो ।

पेरिसडाँडा बेच्ने र नबेच्नेबीच विबाद भएछि प्रचण्डले भने बरु ऋण होस बेच्न दिन्न यो मोरो चिनारी हो ।

उक्त जग्गा साथै कार्यालय बचेर भए पनि युवा स्वरोजगार लगायतका तिर्नु पर्ने आवाज अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष उषा देवकोटा, धनबहादुर वि.कको जोडबलमा बिक्रीमा राखिएको थियो ।

तर, फेरी महासंघकै दोस्रो पुस्ताका नेता कार्यकर्ताहरू पेरिसडाँडा बचाउ अभियान नामको समिति निर्माण गरेर बचाउन लागि परेको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तर्गतका सबै पेशागत घटकका केन्द्रीय समितिहरूको उपत्यकामा रहेका पदाधिकारीहरूले बैठक राखी पेरिसडाँडा बचाउ अभियान चलाइको हो ।

पार्टी कार्यालय वरिपरि रहेको २१ आना जग्गा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष जय कार्की तथा पूर्व उपाध्यक्ष बाबुराम गौतमको नाममा रहेको छ ।

जानकार अनुसार २०६८ सालमा मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ५ करोड ऋण लिएको थियो ।

ऋण लिएको यतिका समय बितिसक्दा पनि तिर्न सकेको कारण सहकारीका अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष उषा देवकोटा र धनबहादुर वि.क.ले कार्यालयसँगै रहेको २१ आना जग्गा बेच्ने प्रक्रिया अगाडी बढाएको हो ।

 

सरकारको स्वमित्वमा रहेको स्वरोजगार कोषको ऋण मजदुर शहीद स्मृति उपभोक्ता सहकारीमा संलग्न पदाधिकारीले २५-२५ जनाको समूह बनाई समूहको प्रमुखको नाममा ऋण बाँडेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...