नेकपामा भागवण्डा, प्रचण्डले रोजे राज्यव्यवस्था, माधव नेपाललाई अन्तर्राष्ट्रिय सम्बन्ध , झलनाथलाई पाखा लगाउने तयारी



 

सत्तारुढ दलका सांसदहरूले प्रभावशाली समिति रोज्दा संसदीय समिति गठनमा ढिलाइ भएको छ । धेरै सांसदको रुचि राज्य व्यवस्था, सार्वजनिक लेखा र विकास समितिमा हुँदा सूची बनाउन कठिन भएको छ ।

संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नै समितिमा रहने सदस्यहरूको नाम मिलाउन हम्मेहम्मे परेको हो । लामो समयको गृहकार्यपछि संसदीय दलका मुख्य सचेतक देव गुरुङले समितिमा रहने सदस्यहरूको नाम संसद सचिवालयमा पठाएका छन् ।

नेकपा स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य व्यवस्था एवं सुशासन समिति रोजेका छन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अधिकांश समितिमा पदेन सदस्य हुन्छन् । विभागीय मन्त्रीहरू संसदीय समितिका पदेन सदस्य हुने व्यवस्था छ ।

प्रभावशाली नेता माधवकुमार नेपालले भने अन्तर्राष्ट्रिय सम्बन्ध समिति रोजेका छन् । पार्टीमा विदेश विभागमा काम गरेका नेता नेपाल यसअघि पनि अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बस्दै आएका थिए ।

नेकपाका अर्का नेता झलनाथ खनालले विकास समिति रोजेका छन् भने संसदीय दलका उपनेता सुवास नेम्वाङले कानून न्याय तथा मानव अधिकार समिति रोजेका छन् ।

प्रतिनिधि सभामा १० र राष्ट्रिय सभामा ४ तथा दुई संयुक्त गरी संघीय संसदमा १६ समिति हुनेछन् । प्रतिनिधि सभाका १२ र राष्ट्रिय सभाका ३ सदस्य रहनेगरी १५ सदस्सीय संसदीय सुनुवाइ समिति गठनको व्यवस्था छ ।

नेपाली कांग्रेसले पनि समितिमा रहने सदस्यहरूको नाम सचिवालमा बुझाएको छैन । बुधवार बस्ने संसदीय दलको बैठकपछि कांग्रेसले नाम बुझाउने तयारी गरेको छ ।

नेपाली कांग्रेसले लेखासहित संसदीय समितिका एक चौथाइ समितिको नेतृत्व दाबी गरेको छ । प्रतिनिधिसभामा कांग्रेस सचेतक पुष्पा भुसाल प्रतिपक्षको भूमिका संसदीय समितिमा स्पष्ट हुनुपर्ने बताउँछिन् । लेखा समिति प्रतिपक्षी दललाई दिने संसदीय परम्परा छ ।

‘मिनी पार्लियामेन्ट’ भनिने संसदीय समिति गठनमा ढिलाइ हुँदा असोज ३ भित्र बनाइसक्नु पर्ने कानून निर्माणमा ढिलाइ भएको छ । संविधान जारी भएको दुई वर्ष अर्थात असोज ३ भित्र कयौं कानून बनाउनुपर्ने बाध्यता छ । संसदीय समितिमा दफावार छलफलपछि मात्र कानूनहरू संसदबाट पारित हुन्छन् ।

संसदीय सुनुवाइ समिति गठनमा ढिलाइ हुँदा संवैधानिक परिषद्द्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कामु प्रधान न्यायाधीश दीपकराज जोशीको सुनुवाइ हुन सकेको छैन ।

प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून न्याय तथा मानवधअधिकार, कृषि–सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा गरी १० समिति छन् ।

दीगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति गरी राष्ट्रिय सभामा ४ वटा समिति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु