थाइल्यान्डको गुफामा फसेका १२ बालकको ९ दिनपछि जीवितै उद्धार



हाम्रो इकोनोमि

थाइल्यान्डको एक गुफामा फसेका १३ जनाको ९ दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामा १२ बालक र तिनका फुटबल प्रशिक्षक रहेका छन् ।

चियांग राईको थाम लुएङ गुफामा फसेका उनीहरुको ब्रिटिस केभ रेस्क्यू काउन्सिलबाट खटिएका उद्धारकर्ताहरुको प्रयासमा ९ दिनपछि जीवितै उद्धार गरिएको हो । फसेका बालकहरु ११–१६ वर्ष उमेरका रहेको र तिनका प्रशिक्षक २५ वर्षको रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इन्डिपेन्डेन्टका अनुसार, २३ जुनमा उनीहरु पानी बग्ने गुफामा फसेका थिए ।
देशभित्रैबाट खोज्ने प्रयास असफल भएपछि बेलायतबाट उद्धारकर्ता झिकाइएको थियो । अनुभवी उद्धारकर्ताहरुको प्रयत्नमा हराइरहेका उनीहरुको जीवितै उद्धार भएपछि बालक र प्रशिक्षकका परिवारमा खुसी फर्किएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...