गृहमन्त्रीकाे अादेशमा पूर्वमन्त्रीसहित ६ जनामाथि चलाइयाे मु्द्दा



हाम्रो इकोनोमि

महानगरीय प्रहरी परिसर काठमाडौंले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्टका ४० जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

गृहमन्त्री राम बहादुर थापाले देशमा शान्ति बनार्इ राख्न उछृङखल गतिविधी गर्नेलार्इ नछाेड्न प्रहरीलार्इ कडा निर्देशन दिएपश्चात प्रहरीसमेत तातेका छन्।

गृहमन्त्री थापाले कानुन विपरीत काम गर्नेलार्इ पक्राउ गरी कानुन बमाेजिम सजायकाे लागि सम्बन्धित निकायमा पेश गर्न समेत प्रहरीलार्इ निर्देशन दिएका छन्।

प्रहरीले साेही निर्देशनलार्इ पालना गर्दै नेपालटारमा संदिग्ध गतिविधि गरिरहेको अवस्थामा विप्लव समूहका ४० नेता तथा कार्यकर्तालार्इ पक्राउ गरेकाे हाे।

काठमाडौं प्रहरी परिसरका डीएसपी मााेहन थापाका अनुसार पक्राउ परेका मध्ये ७ जनाविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।

परिसरका प्रवक्ता समेत रहेका डीएसपी थापाले विलप्व समूहका सदस्य एवं पूर्वमन्त्री पदम राई, समूहका पोलिटब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य रणसिंह पुन मगर, कानुनी सल्लाहकार ओमप्रकाश पाण्डे, काठमाडौं सेक्रेटरी धिरेन्द्र उपाध्याय, एकाराज राई र सिद्धान्त राईविरुद्ध मुद्दा चलाइएको बताए।

उपाध्यायमाथि यसअघि ललितपुरस्थित अयोधिप्रसाद यादवको घरमा बम पड्काएको समेत आरोप छ ।

प्रतिक्रिया दिनुहोस
देशभर भारी वर्षाको सम्भावना

    देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश...

एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...