गृहमन्त्रीकाे अादेशमा पूर्वमन्त्रीसहित ६ जनामाथि चलाइयाे मु्द्दा



हाम्रो इकोनोमि

महानगरीय प्रहरी परिसर काठमाडौंले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्टका ४० जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

गृहमन्त्री राम बहादुर थापाले देशमा शान्ति बनार्इ राख्न उछृङखल गतिविधी गर्नेलार्इ नछाेड्न प्रहरीलार्इ कडा निर्देशन दिएपश्चात प्रहरीसमेत तातेका छन्।

गृहमन्त्री थापाले कानुन विपरीत काम गर्नेलार्इ पक्राउ गरी कानुन बमाेजिम सजायकाे लागि सम्बन्धित निकायमा पेश गर्न समेत प्रहरीलार्इ निर्देशन दिएका छन्।

प्रहरीले साेही निर्देशनलार्इ पालना गर्दै नेपालटारमा संदिग्ध गतिविधि गरिरहेको अवस्थामा विप्लव समूहका ४० नेता तथा कार्यकर्तालार्इ पक्राउ गरेकाे हाे।

काठमाडौं प्रहरी परिसरका डीएसपी मााेहन थापाका अनुसार पक्राउ परेका मध्ये ७ जनाविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।

परिसरका प्रवक्ता समेत रहेका डीएसपी थापाले विलप्व समूहका सदस्य एवं पूर्वमन्त्री पदम राई, समूहका पोलिटब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य रणसिंह पुन मगर, कानुनी सल्लाहकार ओमप्रकाश पाण्डे, काठमाडौं सेक्रेटरी धिरेन्द्र उपाध्याय, एकाराज राई र सिद्धान्त राईविरुद्ध मुद्दा चलाइएको बताए।

उपाध्यायमाथि यसअघि ललितपुरस्थित अयोधिप्रसाद यादवको घरमा बम पड्काएको समेत आरोप छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...