शिक्षा मन्त्रीका आधा दर्जन पीएको फस्टायो गोरख धन्धा,अर्थमन्त्रीलाई चिर्पटले लखेटे पछी…………….



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको कार्यकक्षमा स्वकीय सचिवहरुको भीड देखिन्छ । मन्त्री पोखरेलको ध्यान अहिले नीतिगत काममा भन्दा स्वकीय सचिवको भीड व्यवस्थापनमा गएको देखिन्छ ।

उनको स्वकिय सचिवको रुपमा कर्मचारी पुष्पराज ढकाल र पुरण केसी रहेका छन् । ढकाल मन्त्रालयकै कर्मचारी हुन् भने केसी निजी सचिव ।

उनीहरूबाहेक अन्य एक दर्जन भन्दा बढी व्यक्तीले स्वकीय सचिवको नाम लिएर काम गर्ने गरेका छन् । मन्त्री पोखरेलले दाङका जीवन गौतमलाई सल्लाहकारको रुपमा नियुक्त गरेका छन् ।

तत्कालीन राज्यमन्त्री धनमाया विक बस्ने कोठमा बस्दै आएका उनी आफू राज्यमन्त्रीसरह भएको व्यवहार गर्छन । मन्त्रालयमा विभिन्न काम लिएर आएका अन्य व्यक्तीले गौतमलाई नै भेट्ने गरेका छन् ।

प्रकाश खतिवडा, सुदर्शन पराजुली, विनोद पोखरेल, भिम पोखरेल, रोहित दाहाल र सुनिल खड्काले पनि स्वकीय सचिवका रुपमा जागीर खाइरहेका छन् । दाहाल सिभिइभीटीका कर्मचारी हुन ।

खड्कालाई प्रेस संयोजकको जिम्मा दिइएको छ । मन्त्रीले आफुलाई केही सहयोग आवश्यक पर्ने भएकोले केही साथीहरुलाई मन्त्रालयमा बोलाएको दाबी गर्छन् ।

‘हामी त अचम्म परेका छौ, कसलाई स्वकीय सचिव मान्ने कसलाई नमान्ने, मन्त्रीको कार्यकक्षभरि स्वकीय सचिवको भीड लाग्ने गरेको छ’ –मन्त्रालयका एक कर्मचारीले भने । मन्त्रीले सहयोगका लागि केहीलाई राखेको दाबी गरेता पनि ती कर्मचारीले अन्य निकायबाट रकम लिने गरेको स्रोतको दाबी छ ।

प्रकाश खतिवडा, सुदर्शन पराजुली, विनोद पोखरेल, रोहित दाहाल र सुनिल खड्काले पनि स्वकीय सचिवका रुपमा जागिर खाइरहेका छन् । स्रोतका अनुसार खारेजको संघारमा पुगेको शिक्षा विभाग, राष्ट्रिय परीक्षा बोर्ड, सिटिइभीटी, इभेन्ट परियोजना लगायतका निकायबाट विभिन्न शिर्षकमा रकम लिएर स्वकीयलाई बाँड्ने गरेको कर्मचारीको भनाइ छ ।

मन्त्रीसँग हाल ६ वटा सवारी साधन रहेको उच्च तहका कर्मचारीले बताउने गरेका छन् । मन्त्रीसँग तीनवटा छन्, अन्य तीनवटा स्वकीय सचिवका नाममा विभिन्न व्यक्तीले हालिमुहारी गरिरहेका छन् – स्रोतले भन्यो । मन्त्री पोखरेलले पछिल्लोपटक सल्लाहकारमा नियुक्ति गरिएका गौतमलाई शिक्षक दरबन्दी वितरण कार्यदलमा विज्ञको रुपमा राखेका छन् । पुर्व सचिव महाश्रम शर्मा संयोजक रहेको समितिमा गौतमलाई राख्दा मन्त्रालयका कर्मचारी अचम्मित भएका छन् ।

पटक–पटक मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी शिक्षामा व्यापक सुधार थालनी गर्ने बताएका मन्त्रीले उच्चस्तरीय शिक्षा आयोग गठन गर्दा सरोकारवालालाई सहभागिता गराएका छैनन्, हरेक कर्मचारीको स्पष्ट कार्यविवरण तयार गरी टाइम अन टाक्समा आबद्ध गर्ने व्यवस्था र विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप स्विकृत भएको दाबी गरिएता पनि ती कामहरू समेत हुनसकेका छैनन् ।

झण्डै ३ सय ५० वटा स्थानीय निकायमा शिक्षाका कर्मचारी पुग्न सकेका छैनन, शिक्षा विभागमा झण्डै ५१ उपसचिवलाई कामविहीन बनाइएको छ । उनीहरुलाई बस्ने स्थानको समेत व्यवस्था गरिएको छैन । १४ जना विद्यालय निरीक्षकलाई पेण्डुलम बनाइएको छ । उपसचिव र विद्यालय निरीक्षकको काम हाजिर गरेर घर जाने मात्र भएको छ ।

अहिले त मन्त्रीको काम आफू निकटकालाई राम्रो स्थानमा सरुवा गर्नु अनि मन्त्रालयमा स्वकीय सचिवको नाममा विभिन्न व्यक्तिलाई भेला गराउनुमात्र देखिएको छ–मन्त्रालयका उच्च अधिकारीले भने ।

उता पहिला केन्द्रीय सरकार मात्र थियो । कुट पिट,कुर्सी फालाफाल भए पनि केन्द्रमै मात्र हुन्थ्यो ।
अब स्थिती त्यस्तो रहेन । मुलुक संघीयतामा गएसँगै यस्ता दृश्य अब हरेक संघमा देख्न पाइने भएको छ । केही समय अगाडि प्रदेश नम्बर ४ को संसद बैठकमै कुटाकुट भएको घटना सेलाउन नपाउदै प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा आफ्नै गाउँबाट लखेटिएका छन् ।

उनी आफ्नै निर्वाचन क्षेत्रबाट लखेटिएका हुन । हिजो स्थानीय आफ्ना मतदाताहरुसँग भेटघाटका लागि मुजामा आइपुगेका मन्त्री बोहोरालाई आफ्नै गाँउपालिकाका स्थानीयहरुबाट लखेटिएका छन् ।

प्रदेश नम्बर सातका आर्थिक मामिलामन्त्री बोहराको निर्वाचन क्षेत्र रामारोशन गाउँपालिका हो । उनी यही क्षेत्रबाट निर्वाचित सांसद हुन । स्थानीयसँग भेटघाट गर्नका लागि रामरोसनको मुजामा पुगेका उनलाई त्यहाँका स्थानीय नेता–कार्यकताहरु कालो झण्डा देखाउदै लखेटेका हुन् ।

मन्त्री बोहोरा आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमा मनोमानी रुपमा योजना र बजेट विनयोजन गरेको, चुनावको बेला जनतासँग गरेको प्रतिवद्धताविरुद्ध रामारोशन क्षेत्रलाई बजेटमा उपेक्षा गरेको, आफ्नो र स्वकीय सचिवको गाउँमा आवश्यकभन्दा बढी योजना पारेको भन्दै मन्त्री बोहोरालाई कार्यक्रममै कालोझण्डा देखाउँदै कार्यकर्ताले लखेटको थिए ।

यस्को नेतृत्व भने सुशील साउदले गरेका थिए
रामरोसन पर्यटकीय क्षेत्र हो । त्यस क्षेत्रलाई ओछेलमा पारेर कार्यकर्तामात्र पोस्ने गरी बजेट ल्याएको भन्दै रामारोशन क्षेत्रका स्थानीयहरु मन्त्रीसँग फायर भएका छन् ।

मन्त्री बोहराले आफ्नो गाउँमा मात्रै १४ करोड र स्वकीय सचिवको गाउँमा ९ करोड बजेट हाले तर रामारोशन क्षेत्रलाई उपक्षा गरेका कारण विरोध गरेर लखेटे पछि मन्त्री त्यहाँबाट भागेका थिए ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु