अब न्यायाधीशले पनि अनिवार्य सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, यस्तो बन्यो कानुन, को को पर्दैछन फन्दामा



हाम्रो इकोनोमि

 

अब न्यायाधीशहरूले सम्पत्ति लुकाउन नपाउने भएका छन् । न्यायाधीशको सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने कानुन निर्माणको तयारीमा सरकार लागेको छ ।

न्यायाधीशहरूको आचरण शुद्ध राख्न यस्तो कानुन ल्याउने तयारी भइरहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले नेपाल समयलाई बताए ।

हालसम्म न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधान छैन । तर, सबै न्यायाधीशले आफ्नो सम्पत्ति विवरण न्यायपरिषद्मा बुझाउँदै आएका छन् ।

कानुन मन्त्रालयले मस्यौदा तयार गरी मन्त्रिपरिषद्ले निर्णय गरेपछि संसदमा छलफलका लागि पेश हुनेछ ।

मन्त्री तामाङले शपथ लिएलगत्तै पनि न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुन बनाउने घोषणा गरेका थिए । उक्त घोषणाको पक्ष र विपक्षमा विचार सार्वजनिक भएका थिए । मन्त्री तामाङले आफूले न्यायालय सुधारको मुख्य काम यसैबाट शुरु गर्ने घोषणासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...