अब न्यायाधीशले पनि अनिवार्य सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, यस्तो बन्यो कानुन, को को पर्दैछन फन्दामा



हाम्रो इकोनोमि

 

अब न्यायाधीशहरूले सम्पत्ति लुकाउन नपाउने भएका छन् । न्यायाधीशको सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने कानुन निर्माणको तयारीमा सरकार लागेको छ ।

न्यायाधीशहरूको आचरण शुद्ध राख्न यस्तो कानुन ल्याउने तयारी भइरहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले नेपाल समयलाई बताए ।

हालसम्म न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधान छैन । तर, सबै न्यायाधीशले आफ्नो सम्पत्ति विवरण न्यायपरिषद्मा बुझाउँदै आएका छन् ।

कानुन मन्त्रालयले मस्यौदा तयार गरी मन्त्रिपरिषद्ले निर्णय गरेपछि संसदमा छलफलका लागि पेश हुनेछ ।

मन्त्री तामाङले शपथ लिएलगत्तै पनि न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुन बनाउने घोषणा गरेका थिए । उक्त घोषणाको पक्ष र विपक्षमा विचार सार्वजनिक भएका थिए । मन्त्री तामाङले आफूले न्यायालय सुधारको मुख्य काम यसैबाट शुरु गर्ने घोषणासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...