मेक्सिकोको राष्ट्रपतिमा वामपन्थी नेता आन्द्रेस विजयी



हाम्रो इकोनोमि

 

मेक्सिकोको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर विजयी भएका छन् । मेक्सिकोमा आइतबार भएको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेवार विजयी भएका हुन् ।

राष्ट्रपतिमा विजयी भउको आन्द्रेसले देशमा आधारभूत परिवर्तन आउने बताएकाछन् । राजधानी मेक्सिको सिटीका पूर्व मेयर आन्द्रेसलाई उनका समर्थकले ‘एमलो’ नामले बोलाउने गरेका छन् ।

उनले भ्रमष्टाचार विरुद्ध लड्ने भन्दै चुनावी अभियान चलाएका थिए । भ्रष्टाचारले देशका सामाजिक असमानता र देशमा हिंसा फैलिएको उनले बताउने गरेका छन् । यस्तै उनले जेष्ठनागरिकको पेनसन दोब्बर गर्ने प्रस्ताव पनि गरेका छन् ।

यस्तै अमेरिकासँगको सम्बन्ध मैत्रीपूर्ण बनाउनु पर्नेमा पनि उनले जोड दिएका छन् । सन् १९५३ को नोभेम्बर १३ मा जन्मिएका आन्द्रेसले नेशनल एक्सन पार्टीका रिकार्डो एनाया पराजित गरेका हुन् ।

यस्तै जोसे एन्टोनियो मेएडी पनि चुनावमा उम्मेदवार थिए । आन्द्रेसले ५३ प्रतिशत तथा रिकार्डोले २२ प्रतिशत मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...