मेक्सिकोको राष्ट्रपतिमा वामपन्थी नेता आन्द्रेस विजयी



हाम्रो इकोनोमि

 

मेक्सिकोको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर विजयी भएका छन् । मेक्सिकोमा आइतबार भएको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेवार विजयी भएका हुन् ।

राष्ट्रपतिमा विजयी भउको आन्द्रेसले देशमा आधारभूत परिवर्तन आउने बताएकाछन् । राजधानी मेक्सिको सिटीका पूर्व मेयर आन्द्रेसलाई उनका समर्थकले ‘एमलो’ नामले बोलाउने गरेका छन् ।

उनले भ्रमष्टाचार विरुद्ध लड्ने भन्दै चुनावी अभियान चलाएका थिए । भ्रष्टाचारले देशका सामाजिक असमानता र देशमा हिंसा फैलिएको उनले बताउने गरेका छन् । यस्तै उनले जेष्ठनागरिकको पेनसन दोब्बर गर्ने प्रस्ताव पनि गरेका छन् ।

यस्तै अमेरिकासँगको सम्बन्ध मैत्रीपूर्ण बनाउनु पर्नेमा पनि उनले जोड दिएका छन् । सन् १९५३ को नोभेम्बर १३ मा जन्मिएका आन्द्रेसले नेशनल एक्सन पार्टीका रिकार्डो एनाया पराजित गरेका हुन् ।

यस्तै जोसे एन्टोनियो मेएडी पनि चुनावमा उम्मेदवार थिए । आन्द्रेसले ५३ प्रतिशत तथा रिकार्डोले २२ प्रतिशत मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...