तोपेखोलाको पहिरोले नारायणगढ–मुग्लिनको बाटो फेरी बन्द



हाम्रो इकोनोमि

अविरल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपेखोला भन्ने स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

बिहानभरि ठाउँठाउँमा खसेको पहिरोका कारण प्रभावित भएको उक्त सडकखण्डअन्तर्गतको तोपेखोलामा आज ११ः५० बजेको समयमा ठूलो पहिरो खसेर पुनः सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पानी परिरहेको र पहिरो खस्ने क्रमसमेत नरोकिएकाले अहिले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरीले जनाएको छ ।

यसअघि आज बिहान तोपेखोला, जलविरे र मुग्लिन डाँडामा पहिरो खस्दा अवरुद्ध भएको यातायात बिहान ९ः१० बजे खुलेको थियो । अहिले तोपेखोलामा खसेको पहिरो भने निकै ठूलो रहेको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले बताउनुभयो ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख बेदप्रसाद गौतमका अनुसार चितवन र धादिङको सिमानामा पर्ने मौवाखोला नजिक पनि पहिरो गएर यातायातको आवागमन रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...