उद्यमीलाई सत्ताइस लाखको उपकरण



हाम्रो इकोनोमि

भक्तपुरका ४६ जना घरेलु तथा साना उद्यमीलाई करिब रु २७ लाख बराबरको उपकरण हस्तान्तरण गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयले घरेलु तथा साना उद्योग संघको सिफारिसमा उक्त उपकरण हस्तान्तरण गरेको हो । उद्योग कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले साना उद्यमीलाई उपकरण हस्तान्तरण गर्नुभयो ।

वितरण गरिएका सामग्रीमा जुकी मेसिन १० थान, कम्प्रेसर ६ थान, सिलाइ मेसिन चार थान, हस्कर, स्ट्रोनर र पोलिसर दुई÷दुई थान, पर्पलाइजर, अटो क्लेभ, एलिभेटर, आइरन, ड्रायर, हुड ड्रायरलगायत रहेका छन् । सरकारको ८० प्रतिशत र साना उद्यमीको २० प्रतिशत साझेदारीमा उक्त उपकरण हस्तान्तरण गर्न साना उद्यमी छनोट समिति गठन गरिएको थियो ।

साना उद्यमीलाई मात्रै उपकरण हस्तान्तरण गरिएको उद्योग कार्यालय प्रमुख सीताराम खड्काले बताउनुभयो । उपकरण पाएका उद्यमीले कम्तीमा पाँच वर्ष पाएको प्रविधि बेचबिखन गर्न तथा कसैलाई भाडामा लगाउन नपाइने सम्झौता गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...