काठमाडौंमा बम बनाउँदै गरेका विप्लवको ४० नेता–कार्यकर्ता पक्राउ, ७ जनाविरुद्ध सार्वजनिक मुद्दा



हाम्रो इकोनोमि

 

काठमाडौं प्रहरी परिसरले विप्लव समूहका ४० जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

काठमाडौंको नेपालटारमा बम बनाउँदै गरेको अबस्थामा विप्लवको ४० नेता–कार्यकर्ता पक्राउ परेका छन । ७ जना विरुद्ध सार्वजनिक मुद्दा चलाईएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नेपालटारमा संदिग्ध गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरलका अनुसार पक्राउ परेका मध्ये ७ जनाविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।

पोखरेलका अनुसार विलप्व समूहका सदस्य एवं पूर्वमन्त्री पदम राई, समूहका पोलिटब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य रणसिंह पुन मगर, कानुनी सल्लाहकार ओमप्रकाश पाण्डे, काठमाडौं सेक्रेटरी धिरेन्द्र उपाध्याय, एकाराज राई र सिद्धान्त राईविरुद्ध मुद्दा चलाइएको हो ।

उपाध्यायमाथि यसअघि ललितपुरस्थित अयोधिप्रसाद यादवको घरमा बम पड्काएको समेत आरोप छ ।

‘जनतामा भय र त्रास सिर्जना गर्ने गतिविधिमा आइन्दा संलग्न हुने वाचापछि अन्यलाई छाडिएको हो’, एसएसपी पोखरेलले भने । पछिल्लो समय काठमाडौं प्रहरी शान्ति, सुरक्षा कायम गर्ने विषयमा आक्रमक रुपमा प्रस्तुत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...