काठमाडौंमा बम बनाउँदै गरेका विप्लवको ४० नेता–कार्यकर्ता पक्राउ, ७ जनाविरुद्ध सार्वजनिक मुद्दा



हाम्रो इकोनोमि

 

काठमाडौं प्रहरी परिसरले विप्लव समूहका ४० जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

काठमाडौंको नेपालटारमा बम बनाउँदै गरेको अबस्थामा विप्लवको ४० नेता–कार्यकर्ता पक्राउ परेका छन । ७ जना विरुद्ध सार्वजनिक मुद्दा चलाईएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नेपालटारमा संदिग्ध गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरलका अनुसार पक्राउ परेका मध्ये ७ जनाविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।

पोखरेलका अनुसार विलप्व समूहका सदस्य एवं पूर्वमन्त्री पदम राई, समूहका पोलिटब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य रणसिंह पुन मगर, कानुनी सल्लाहकार ओमप्रकाश पाण्डे, काठमाडौं सेक्रेटरी धिरेन्द्र उपाध्याय, एकाराज राई र सिद्धान्त राईविरुद्ध मुद्दा चलाइएको हो ।

उपाध्यायमाथि यसअघि ललितपुरस्थित अयोधिप्रसाद यादवको घरमा बम पड्काएको समेत आरोप छ ।

‘जनतामा भय र त्रास सिर्जना गर्ने गतिविधिमा आइन्दा संलग्न हुने वाचापछि अन्यलाई छाडिएको हो’, एसएसपी पोखरेलले भने । पछिल्लो समय काठमाडौं प्रहरी शान्ति, सुरक्षा कायम गर्ने विषयमा आक्रमक रुपमा प्रस्तुत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...