गोविन्द केसीको पक्षमा कांग्रेसले संसद हल्लायो, संसद चल्न नदिने, विधेयक फिर्ता नगरे सडक आन्दोलन गर्ने चेतावनी



हाम्रो इकोनोमि

 

चिकित्सा शिक्षा विधेयककाे विराेधमा अनशनरत डा गाेविन्द केसीकाे पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जाेडदार अाजाव उठाएकाे छ। विधेयक फिर्ता नगरे सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

उपत्यकामा मेडिकल कलेज खाेल्न पाउने प्रावधानसहित केपी शर्मा अाेली नेतृत्वकाे सरकारले मेडिकल माफियाकाे पक्षमा विधेयक ल्याएर संसदमा पेश गरेपछि डा केसी अनशन बसिरहेका छन्। उनकाे सत्याग्रहमा एेक्यबद्धता जनाउँदै अाइतबार सांसद गगन थापाले विराेध जनाएका थिए।

उनले संसदबाट अाेलीलार्इ थर्काउँदै डा केसीकाे माग पूरा गर्न सरकारकाे ध्यानाकर्षण समेत गराएका थिए। त्यसपछि कांग्रेसले विधेयकमा अापत्ति जनाउँदै परिमार्जन नभए संसद अवरूद्ध गर्ने चेतावनी दिएपछि सभामुख कृष्ण महराले बैठक स्थगित गरेका थिए।

साेमबार अाज पुन बसेकाे बैठकमा काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले याे विषयलार्इ उठाएका छन्। उनले अनशनरत प्रा डा गोविन्द केसीका बारेमा सरकारको स्पष्ट धारणा माग गरेका हुन्।

केसीले चिकित्सा शिक्षा र मोफसलमा पनि सर्वसाधारणका लागि सर्वसुलभ उपचार सेवाको माग गरिहँदा अहिलेको वर्तमान समाजवाद उन्मुख सरकार असहमत हुनु पर्ने स्पष्ट कारण बडूले प्रतिनिधिसभाको बैठकमा माग गरेका हुन् ।

बडूले काँग्रेस नेतृत्वको सरकारका बेलामा ल्याइएको अध्यादेश अनुरुपको विधेयक संसदमा यथासिघ्र पेश गरी डा केसीको अनसनलाई पनि सम्वोधन गर्न माग गरेका छन् ।

डा केसी १५ औं पटक आमरण अनसनमा बसिरहेका छन् । पहिलो पटक उनी मोफसलमा जुम्लामा गई गत शनिबारदेखि अनसनरत छन् ।

प्रतिक्रिया दिनुहोस
दोस्रो चरणको चुनाव हुदै रास्वपा महाधिवेशनमा

    रास्वपाको जारी महाधिवेशन ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिएलगत्तै...

भेनेजुएलामा शक्तिशाली भूकम्प, १० हजार बढीको मृत्युको आशंका

    राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ...

९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...