स्वीस बैंकमा नेपालीको ३५ अर्ब रुपैयाँ, प्रचण्डको पनि १० अर्ब भएको खुलासा



हाम्रो इकोनोमि

 

गोपनीयताको कानूनी आडमा ग्राहकको परिचय नखोल्ने गरे पनि  स्वीट्जरल्याण्डको ‘स्वीस नेसनल बैंक’ मा नेपाली नागरिकहरूको पनि खाता रहेको देखिएको छ ।

विदेशी ग्राहकहरूको सम्बन्धमा सार्वजनिक गरिएको विवरण हेर्दा नेपालीहरूले ३२ करोड २८ लाख ८० हजार फ्र्याङक त्यस बैंकमा राखेको पाइएको छ ।

स्वीस बैंकमा नेपालीको ३५ अर्ब रुपैयाँ बैकल जनाएको छ । प्रचण्डको खातामा पनि १० अर्ब भएको तर सार्वजानिक गर्न नमिल्ने बैकले जनाएको बिशेष स्रोतको दाबी छ ।

(एक फ्र्याङ्क बराबर ११० रुपिञा हुन्छ) जसअनुसार स्वीस नेसनल बैंकमा  रहेका नेपालीहरुको रकम ३५ अर्ब ५१ अर्ब ६८ लाख रुपैयाँ हुन्छ । नेपाली ग्राहकको संख्या खुलाइएको छैन ।

हिमालयन टाइम्स अनुसार, माथि उल्लेखित अङ्क करीव ३२ करोड २९ लाख फ्र्याङ्क सन् २००८ को दाँजोमा चौगुणा बढी हो । १० वर्षअघि यो रकम आठ करोड ६२ लाख २० हजार थियो ।

बैंकमा संसारका झण्डै दुईशय देशका मानिसको खाता रहेको र निक्षेपको आधारमा नेपाल १०९ औं हो । बेलायत, अमेरिका, वेष्ट ईण्डिज , फ्रान्स र जर्मनी माथिल्लो पाँचमा पर्दछन् ।

प्रचलित नेपाल कानूनले नेपाली नागरिकलाई विदेशी बैंकमा पैसा पठाउने अनुमति दिँदैन तर अवैध माध्यमबाट रकम पठाउने क्रम भने तीव्र भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...