नेकपाको सम्पत्ति तीन अर्ब बढी, कहाँ कति छ अचल सम्पत्ति ?



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपासँग अचल सम्पत्ती मात्रै कम्तीमा तीन अर्ब रहेको देखिएको छ।

तत्कालीन एमाले र माओवादीका नाममा देशभरि रहेको जमिन, भवन, कार्यालय आदिको चलनचल्ती मूल्य तीन अर्बभन्दा बढी हुने देखिएको हो।

नेकपासँग काठमाडौंमा मात्रै करोडौं मूल्यका ५ ओटा भवन छन् भने भारतको उत्तमनगरमा समेत एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा रहेको छ।

पूर्ववत् दुवै पार्टीका नाममा रहेका चल-अचल सम्पत्ति एकीकृत पार्टीको नाममा ल्याउने नेकपाको पहिलो केन्द्रीय समितिको निर्णयका आधारमा अहिले दुवैतर्फका चल-अचल सम्पत्तिको तथ्यांक संकलन गर्ने काम भइरहेको नेकपा केन्द्रीय सदस्य तथा ७ नम्बर प्रदेशका कार्यदल सदस्य कर्र्णबहादुर थापाले बताए।

‘दुवै पार्टीका चल-अचल सम्पत्ति नेकपाको नाममा ल्याउने केन्द्रीय समितिको निर्णयका आधारमा अहिले त्यस्तो सम्पत्तिको लगत संकलनको काम प्रदेशस्तरमा पार्टी एकीकरण गर्न गठित कार्यदलले गरिरहेको छ,’ थापाले अन्नपूर्णसँग भने, ‘त्यस्तो सम्पत्तिको लगत हामीले हाम्रो प्रदेशमा भने करिब सकेका छौं।’

चलअचल सम्पत्तिको अहिले लगत संकलन गर्ने र तल्लो तहसम्म पार्टी एकता भएसँगै त्यसलाई नेकपाको नाममा स्थानान्तरणको काम हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...