ओली मुर्दावाद भनेपछि निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने कंग्रेसका युवाहरु गिरफ्तार, यसरी हाने प्रहरीले लाठी



हाम्रो इकोनोमि

 

सरकारले जनताको मुख थुन्न जथाभावी निषेधित क्षेत्र घोषणा गरेको भन्दै विरोधमा उत्रिएका युवाहरुलाई प्रहरीले आज माइतीघर मण्डलाबाट गिरफ्तार गरेको छ ।

स्वतन्त्र युवाहरुको संस्था युथ कँग्र्रेसमा आवद्ध युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका बेला प्रहरीले गिरिफ्तार गरेको हो ।

युथ कंग्रेसका संयोजक सचिन तिमिल्सीनासहित अनिलप्रताव अधिकारी, महेश दुलाल, चेतन बुढाथोकी, राजकुमार गुरुङ, सुनिल थापा र अविनाश सिलवाललाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई प्रहरीले अनामनगरस्थीत प्रहरी कार्यालयमा लगेको छ ।

असन्तुष्टी व्यक्त गर्न र विरोध गर्न पाउने नागरिकको संवैधानिक अधिकार हरण गरेर सरकारले जथाभावि निषेधित क्षेत्र घोषणा गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।

त्यसैगरी चिकित्सा शिक्षा अध्यादेश र माथेमा आयोगको सिफारिस विपरित चिकित्सा शिक्षा ऐन बनाउन लागेको भन्दै उनिहरुले नाराजुलुश गरेका थिए ।

निषेधीत क्षेत्र खारेज गर, निरंकुश सरकार मुर्दावाद, वि आर विथ गोविन्द केसी जस्ता नारा लगाउदै व्यानर सहित प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...