ओली मुर्दावाद भनेपछि निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने कंग्रेसका युवाहरु गिरफ्तार, यसरी हाने प्रहरीले लाठी



हाम्रो इकोनोमि

 

सरकारले जनताको मुख थुन्न जथाभावी निषेधित क्षेत्र घोषणा गरेको भन्दै विरोधमा उत्रिएका युवाहरुलाई प्रहरीले आज माइतीघर मण्डलाबाट गिरफ्तार गरेको छ ।

स्वतन्त्र युवाहरुको संस्था युथ कँग्र्रेसमा आवद्ध युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका बेला प्रहरीले गिरिफ्तार गरेको हो ।

युथ कंग्रेसका संयोजक सचिन तिमिल्सीनासहित अनिलप्रताव अधिकारी, महेश दुलाल, चेतन बुढाथोकी, राजकुमार गुरुङ, सुनिल थापा र अविनाश सिलवाललाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई प्रहरीले अनामनगरस्थीत प्रहरी कार्यालयमा लगेको छ ।

असन्तुष्टी व्यक्त गर्न र विरोध गर्न पाउने नागरिकको संवैधानिक अधिकार हरण गरेर सरकारले जथाभावि निषेधित क्षेत्र घोषणा गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।

त्यसैगरी चिकित्सा शिक्षा अध्यादेश र माथेमा आयोगको सिफारिस विपरित चिकित्सा शिक्षा ऐन बनाउन लागेको भन्दै उनिहरुले नाराजुलुश गरेका थिए ।

निषेधीत क्षेत्र खारेज गर, निरंकुश सरकार मुर्दावाद, वि आर विथ गोविन्द केसी जस्ता नारा लगाउदै व्यानर सहित प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...