चुनावमा पत्तासाफ भएपछि काँग्रेसले गंगामायाको केस उचाल्दै, डलर पचाउँन मानवअधिकारवादी पनि साथ दिदै, ओलीलाई गलाउने यस्तो छ योजना



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले  द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनमा बसेकी  गंगामाया अधिकारीलाई भेटेका छन् ।

चुनावमा पत्तासाफ भएपछि काँग्रेसले गंगामायाको केस उचाल्दै छ । डलर पचाउँन मानवअधिकारवादी पनि साथ दिने भएको छ । सरकार हल्लाउने योजनामा केसीसहित मानवअधिकारवादीको टोलीले पुग्यो गंगामायालाई भेट्न पुगेका छन ।

मानवअधिकारवादीको टोलीसहित आइतबार  वीर अस्पताल पुगेका केसीले आईसीयू कक्षमा गंगामायालाई भेटेका हुन् ।

गंगामायालाई भेट्न मानवअधिकारवादी कनकमणि दीक्षित, चरण प्रसाईं, डा. केदार नरसिंह केसी, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायत पुगेका थिए । उनिहरुले गंगामायाको खस्किँदो स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारसँग माग गरेका छन् ।

गोरखा फुजेलका गंगामायाका छोरा कृष्णप्रसादको द्वन्द्वकालमा चितवन बकुलहरमा २०६१ जेठ २४ गते गोली हानी हत्या गरिएको थियो ।

छोराको न्यायका लागि अनशन बस्दाबस्दै उनका पिता नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो । उनको शव अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...