चुनावमा पत्तासाफ भएपछि काँग्रेसले गंगामायाको केस उचाल्दै, डलर पचाउँन मानवअधिकारवादी पनि साथ दिदै, ओलीलाई गलाउने यस्तो छ योजना



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले  द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनमा बसेकी  गंगामाया अधिकारीलाई भेटेका छन् ।

चुनावमा पत्तासाफ भएपछि काँग्रेसले गंगामायाको केस उचाल्दै छ । डलर पचाउँन मानवअधिकारवादी पनि साथ दिने भएको छ । सरकार हल्लाउने योजनामा केसीसहित मानवअधिकारवादीको टोलीले पुग्यो गंगामायालाई भेट्न पुगेका छन ।

मानवअधिकारवादीको टोलीसहित आइतबार  वीर अस्पताल पुगेका केसीले आईसीयू कक्षमा गंगामायालाई भेटेका हुन् ।

गंगामायालाई भेट्न मानवअधिकारवादी कनकमणि दीक्षित, चरण प्रसाईं, डा. केदार नरसिंह केसी, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायत पुगेका थिए । उनिहरुले गंगामायाको खस्किँदो स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारसँग माग गरेका छन् ।

गोरखा फुजेलका गंगामायाका छोरा कृष्णप्रसादको द्वन्द्वकालमा चितवन बकुलहरमा २०६१ जेठ २४ गते गोली हानी हत्या गरिएको थियो ।

छोराको न्यायका लागि अनशन बस्दाबस्दै उनका पिता नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो । उनको शव अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...