सत्तापक्षकै सांसद त्रिपाठीले गरे अाेलीमाथि यस्ताे प्रहार, नेकपामा मच्चियाे खैलाबैला



सूर्य चिन्ह लिएर चुनाव लडेका सांसद हृदेश त्रिपाठीले अप्रत्यक्ष रुपमा प्रम केपी अाेलीमाथि संविधानमा उल्लेख भएकाे ब्यवस्था अनुसार कार्य गर्न नसकेकाे अाराेप लगाएका छन्।

अाइतबार संसदमा जारी प्रतिनिधिसाभाकाे बैठकमा विशेष समय लिएर सांसद त्रिपाठीले सभामुख मार्फत अप्रत्यक्ष रुपमा प्रम अाेलीलार्इ संविधान कहिले कार्यन्वयन हाेला भनी समेत प्रश्न तेस्राएका हुन्।

सांसद त्रिपाठीले संविधानले गरेका कतिपय व्यवस्था कार्यान्वयन हुन बाँकी रहेको भन्दै उदासीन नबन्न सरकारको ध्यानाकर्षण गराएका छन्।

‘मैले यो कुरा गर्दा धेरैलाई अमिलो लाग्ला, नमिठो लाग्ला, धेरैलाई एकदुई इञ्च घाउ पनि लाग्न सक्छ,’ सांसद त्रिपाठीले भने, ‘संविधानमा भएको विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कहाँबाट आउने हो ?’

संविधानमा भएका यी व्यवस्था कार्यान्वयन नहुँदा संवैधानिक संकट आउने दाबी गरे । ‘तीनवटा चुनाव गराएर हामी आकाशका सबै तारा झारिसक्यौं ।

तर संविधानमा उल्लेख भएको यी विशेष क्षेत्र कसले गठन गर्ने हो ? कहाँबाट गर्ने हो ? ’ त्रिपाठीले भने, ‘संविधानका पिता, काका र मामालाई आग्रह गर्न चाहन्छु । कार्यान्वयनको लहरबाट यो नछुटोस्, संविधानलाई तिरस्कार नगरियोस् ।’

राष्ट्रिय जनता पार्टीबाट असन्तुष्ट भई स्वतन्त्र राजनीतिक समूहमार्फत सूर्य चिह्न लिएर चुनाव लडेका त्रिपाठी पछिल्ला दिनमा सरकारप्रति आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन् ।

प्रकाशित मिति : १७ असार २०७५, आइतबार  १४ : ४२  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०