सत्तापक्षकै सांसद त्रिपाठीले गरे अाेलीमाथि यस्ताे प्रहार, नेकपामा मच्चियाे खैलाबैला



हाम्रो इकोनोमि

सूर्य चिन्ह लिएर चुनाव लडेका सांसद हृदेश त्रिपाठीले अप्रत्यक्ष रुपमा प्रम केपी अाेलीमाथि संविधानमा उल्लेख भएकाे ब्यवस्था अनुसार कार्य गर्न नसकेकाे अाराेप लगाएका छन्।

अाइतबार संसदमा जारी प्रतिनिधिसाभाकाे बैठकमा विशेष समय लिएर सांसद त्रिपाठीले सभामुख मार्फत अप्रत्यक्ष रुपमा प्रम अाेलीलार्इ संविधान कहिले कार्यन्वयन हाेला भनी समेत प्रश्न तेस्राएका हुन्।

सांसद त्रिपाठीले संविधानले गरेका कतिपय व्यवस्था कार्यान्वयन हुन बाँकी रहेको भन्दै उदासीन नबन्न सरकारको ध्यानाकर्षण गराएका छन्।

‘मैले यो कुरा गर्दा धेरैलाई अमिलो लाग्ला, नमिठो लाग्ला, धेरैलाई एकदुई इञ्च घाउ पनि लाग्न सक्छ,’ सांसद त्रिपाठीले भने, ‘संविधानमा भएको विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कहाँबाट आउने हो ?’

संविधानमा भएका यी व्यवस्था कार्यान्वयन नहुँदा संवैधानिक संकट आउने दाबी गरे । ‘तीनवटा चुनाव गराएर हामी आकाशका सबै तारा झारिसक्यौं ।

तर संविधानमा उल्लेख भएको यी विशेष क्षेत्र कसले गठन गर्ने हो ? कहाँबाट गर्ने हो ? ’ त्रिपाठीले भने, ‘संविधानका पिता, काका र मामालाई आग्रह गर्न चाहन्छु । कार्यान्वयनको लहरबाट यो नछुटोस्, संविधानलाई तिरस्कार नगरियोस् ।’

राष्ट्रिय जनता पार्टीबाट असन्तुष्ट भई स्वतन्त्र राजनीतिक समूहमार्फत सूर्य चिह्न लिएर चुनाव लडेका त्रिपाठी पछिल्ला दिनमा सरकारप्रति आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...