गुड्दा गुड्दै गरेको ट्याक्टरबाट हामफाल्दा मृत्यु



हाम्रो इकोनोमि

झापाको बुद्धशान्ति गाउँपालिका– ३ बुधबारेमा ट्याक्टरबाट ओर्लने क्रममा एक व्यक्तिको मृत्यु भएको छ ।

मृतकको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार उनी पुलचौकबाट ट्याक्टरमा लिफ्ट मागेर बुधबारे आएका थिए ।

मेची राजमार्गको बुधबारे सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ ढुङ्गा बोकेर आउँदै गरेको मे १ त ५८७३ नम्बरको ट्याक्टरबाट उनी हाम फालेका थिए । गुड्दागुड्दै गरेको ट्याक्टरबाट हाम फालेका उनलाई ट्याक्टरको पछाडिको चक्काले किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।

ट्याक्टरले किचेर गम्भीर घाइते भएका उनलाई तत्काल बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका लागि ल्याइए पनि उनको अस्पताल ल्याए लगत्तै मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...