गुड्दा गुड्दै गरेको ट्याक्टरबाट हामफाल्दा मृत्यु



हाम्रो इकोनोमि

झापाको बुद्धशान्ति गाउँपालिका– ३ बुधबारेमा ट्याक्टरबाट ओर्लने क्रममा एक व्यक्तिको मृत्यु भएको छ ।

मृतकको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार उनी पुलचौकबाट ट्याक्टरमा लिफ्ट मागेर बुधबारे आएका थिए ।

मेची राजमार्गको बुधबारे सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ ढुङ्गा बोकेर आउँदै गरेको मे १ त ५८७३ नम्बरको ट्याक्टरबाट उनी हाम फालेका थिए । गुड्दागुड्दै गरेको ट्याक्टरबाट हाम फालेका उनलाई ट्याक्टरको पछाडिको चक्काले किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।

ट्याक्टरले किचेर गम्भीर घाइते भएका उनलाई तत्काल बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका लागि ल्याइए पनि उनको अस्पताल ल्याए लगत्तै मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...