सरकारी छाप किर्ते गर्ने मुख्य योजनाकारसहित आरोपितहरु जेल चलान,  को -को  परे जेलमा



हाम्रो इकोनोमि

सरकारी छाप दस्तखत किर्ते गरी ठगी गर्ने गिरोहका मुख्य योजनाकारसहित अन्य आरोपितलाई चितवन जिल्ला अदालतले कैद सजाय सुनाएको छ ।

साविक बछौली गाविस वडा नं २ मा जिल्ला काठमाडौँ कामनपा वडा नं ३ बस्ने वर्ष ६३ का कमल बस्नेतको नाउँमा रहेको १९ कट्ठा १४ धुर जग्गा नक्कली कमल बस्नेत अर्थात घटनाका मुख्य योजनाकार काभ्रेपलाञ्चोक मेथिनकोट गाविस वडा नं ५ बस्ने वर्ष ६४ का चिरञ्जीवी भूर्तेल , मालपोत कार्यालय भरतपुरका एक कर्मचारी सहित अन्य आधा दर्जन आरोपितलाई चितवन जिल्ला अदालत कैद र जरीवाना फैसला तोकेको हो ।

मुख्य योजनाकार भनिएका भुर्तेललाई प्रहरीले मंसिर ३ गते काभ्रेबाटै गिरफ्तार गरेको थियो । उनी पुस २४ गते चितवन अदालतको आदेश अनुसार कारागार चलान भएका थिए । उनलाई अदालतले ४ वर्ष कैद र ७५ लाख रूपैयाँ जरिवाना तोकेको छ ।

त्यस्तै, किर्ते काम गरी जग्गा बेच्ने अर्का आरोपित महोत्तरी डामिमोडे गाविस वडा नं १ बस्ने वर्ष ३५ का अशोककुमार साहलाई इलाका प्रहरी कार्यालय इटहरी, सुनसरी सँग समन्वय गरी साहविरूद्ध मुलुकी ऐन किर्ते कागजको महल र ठगीको महलअन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान गरिएको थियो ।

बिक्री भएको जग्गा आरोपित मेर सिंह घर्तीले ०७३ माघ १३ गते नै ज्योति विकास बैंक काठमाडौँ , कलंकीमा धितो राखी दुई करोड ऋण लिएका थिए ।

सो कार्यमा संलग्न निज मेर सिंह घर्ती, काठमाडौँ टोखा नपा वडा नं १० धापासी बस्ने वर्ष ४० की दुर्गा केसी, काठमाडौँ महानगरपालिका वडा नं ९, बानेश्वर बस्ने वर्ष ५० की विमला थापा र सुर्खेत, वीरेन्द्रनगर नपा वडा नं ३ बस्ने वर्ष २६ का रमेश गिरीलाई पक्राउ गरी सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा चितवन जिल्ला अदालतले घर्तीलाई २ वर्ष कैद र ७५ लाख जरिवाना, जनक बस्नेतलाई २ वर्ष कैद र ७५ लाख जरिवाना, अशोक साह, दुर्गा केसी र विमला थापालाई समान १÷१ वर्ष कैद र २५ लाख जरिवाना तोकेको छ ।

उनीहरुलाइ न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले असार १३ गते गरेको फैसला गरेको हो । आफ्नो जग्गा किर्ते धन्दा भई अर्कैलाई बिक्री भएको कुरा वास्तविक जग्गाधनी कमल बस्नेतले दुई महिनापछि थाहा पाएका थिए । सो कुरा थाहा पाई बस्नेतले ०७३ चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...