गगनले ओलीलाई हाने यस्तो वाण, चरेसको थालमा मार्सी धानको भात, डा केसीलाई किन हान्नुभो लात



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं सांसद गगन थापाले डाक्टर गोविन्द केसीलाई प्रदर्शन गर्न नदिएकोमा सरकारप्रति कटाक्ष गरेका छन् ।

प्रतिनिधिसभा संसदको शून्य समयमा बोल्दै गगनले प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध चोटिलो व्यंग्य गरेका हुन् ।

गोविन्द केसीदेखि मार्सी धानको भातको प्रसंग निकाल्दै गगनले भने –

‘मेडिकल कलेज नभएको ठाउँमा सरकारले मेडिकल कलेज खोलोस् । जनताका छोराछोरीले नि:शुल्क चिकित्सक बन्न पाऊन् या सस्तोमा बन्न पाऊन् ।

गाउँगाउँमा स्वास्थ्य सेवा पुर्‍याइयोस् भनेर माग राख्ने डाक्टर गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न पनि नदिने, तर दुईवटा कम्युनिस्ट पार्टी एकीकरण भएको उपलक्ष्यमा दुई कम्युनिस्ट पार्टीका महान अध्यक्षज्यूहरूलाई आफ्नो घरमा बोलाएर चरेसको थालमा मार्सी धानको भात खुवाउने कम्युनिस्ट

परिभाषा अनुसारको दलाल पूँजीपतिको मेडिकल कलेज जसरी पनि खुलोस् भन्ने उद्देश्यले सदनमा चिकित्सा शिक्षा विधेयक ल्याउने सम्माननीय प्रधानमन्त्रीज्यूको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ, धन्यवाद !’

शून्य समयमा बोल्न सांसदले जम्मा १ मिनेटको समय पाउँछन् । गगनले १ मिनेटभित्रै प्रधानमन्त्रीविरुद्ध सटीक तथा चोटिलो व्यंग्य गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...