आप्रवासी नीतिलाई लिएर अमेरिकामा ७०० बढी विरोध र्‍याली, ट्रम्प बिरुद्ध मुर्दावादको नारा



हाम्रो इकोनोमि

आप्रवासीको नीतिलाई लिएर अमेरिकाका विभिन्न सहरहरुमा विशाल विरोध प्रदर्शन भएको छ । अमेरिकाको लसएन्जल्स, वासिङटन, न्युयोर्क लगायतका प्रमुख सहरहरुमा सात सयभन्दा बढी विरोध र्याली निकालिएको छ ।

एक दर्जनभन्दा बढी समुहहरुले परिवार छुट्याउने किसिमको अमेरिकी प्रशासनको निर्णय सही नभएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले परिवारलाई छुट्याउने सरकारको निर्णय फिर्ता लिनको लागि माग गरेका थिए । साथै उनीहरुले शून्य सहनशीलताको निर्णय उल्टाउनुपर्ने बताएका छन् ।

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले अमेरिकाको आप्रवासी सम्बन्धीसँगै अमेरिकामा दुई हजार बालबालिकाहरु अभिभावक विहीन भएको विवरण सार्वजनिक गरेको थियो । यो नतिजा अमेरिकाका विभिन्न १७ राज्यहरुको नतिजा हो ।

अमेरिकाको यो निर्णयको विरोध गरिरहेका एक राजनीतिकर्मी फैज साकिरले यदि कुनै हिंसा वा अन्य अवैध कार्यमा लागेको आशंका भए उनीहरुलाई सेनाको निगरानीमा राख्न सकिने तर यस किसिमको योजना ल्याउनु भने सही नरहेको बताए ।

अमेरिकाले ल्याएको यो नीतिले अभिभावकबाट छुट्टिएका बालबालिकाहरुमा नकारात्मक किसिमको असर पर्ने स्वास्थ्यविद्हरुले बताएका छन् ।

न्युयोर्क सहरमा गरिएको प्रदर्शनमा १५ हजारभन्दा बढी मानिसहरु सहभागी भएका थिए । अमेरिकाले अघि सारेको यस किसिमको निर्णय अमेरिकाको लागि लज्जाको विषय रहेको उनीहरुको भनाइ छ ।

अमेरिकाको आप्रवासीको नीतिलाई लिएर केहीदिनअघि मेक्सिको सहरमा रहेको अमेरिकी राजदूतावास अगाडि पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...