कम्युनिस्ट र मधेशवादी एकै मञ्चमा, राजपा पनि सरकारमा आउने, अब प्रतिपक्षमा काँग्रेसमात्र



हाम्रो इकोनोमि

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र मधेशकेन्द्रित दलका नेताहरू एकै मञ्चमा देखिएने भएका छन् ।

दुई वर्ष अघिसम्म एक अर्काको नामसमेत सुन्न नसक्ने अवस्थामा रहेका तत्कालीन एमाले अध्यक्ष ओली र मधेसकेन्द्रित दलका नेताहरू आइतबार जनकपुरमा आयोजना हुने कार्यक्रममा एकै मञ्चमा देखिने भएका छन् ।

राजपा पनि सरकारमा आउने भएको छ । अब प्रतिपक्षमा काँग्रेसमात्र बाँकी रकने भएको छ ।

संघीय सरकारको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र प्रदेश सरकारले एकअर्काको दुश्मनझैं व्यवहार गर्दै आएका मधेशकेन्द्रित दलका नेता र तत्कालीन एमालेका नेताहरूलाई एक मञ्चमा ल्याउने वातावरण मिलाएको हो ।

संघीय मामिला मन्त्रालय र प्रदेश २ सरकारले संयुक्त रूपमा आयोजना गर्न लागेको ‘समृद्धिको सपना, सम्पन्न प्रदेश २ को चाहना’ विषयक दुई दिवसीय गोष्ठीको उदघाट्न गर्न प्रधानमन्त्री ओली जनकपुर पुग्दैछन् । उनी मध्यान्ह १२ बजे हेलिकोप्टरमार्फत् जनकपुर उत्रिने कार्यक्रम छ ।

गोष्ठीको प्रमुख वक्ताको रूपमा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालाई आमन्त्रण गरिएको छ । कार्यक्रममा सहभागी हुन नेता नेपाल शनिबारै जनकपुर पुगिसकेका छन् । गोष्ठीमा सहभागी हुन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राजपा संयोजक महन्थ ठाकुरलाई पनि आमन्त्रण गरिएको मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयालले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन राजपा संयोजक ठाकुर शनिबार जनकपुर पुगे पनि फोरम अध्यक्ष गोष्ठीमा सहभागी नहुने फोरम निकट स्रोतले बतायो ।

राजधानीमा पहिलेदेखि तय कार्यक्रमका कारण उनी जनकपुर पुग्न नसक्ने बताइएको छ । गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता मुख्यमन्त्री लालबाबु राउतले गर्ने छन् भने समापन समारोहको अध्यक्षता प्रदेश २ का सभामुख सरोजकुमार यादवले गर्ने कार्यक्रम छ ।

तत्कालीन एमालेका अध्यक्षसमेत रहेका ओलीको मधेशप्रतिको तिखो टिप्पणीले आम मधेशका बासिन्दा र मधेशकेन्द्रित दलबीचको खाडल बढाएको अवस्थामा मधेश आन्दोलनको केन्द्रविन्दु जनकपुरमा ओली र मधेशवादी दल एकै मञ्चमा उभिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

‘समृद्धिको सपना, सम्पन्न प्रदेश २ को चाहना’ कार्यक्रमको नाम दिइए पनि गोष्ठीको माध्यमबाट तत्कालीन एमालेप्रतिको मधेशका बासिन्दाको हेराइ परिवर्तन गर्नु प्रमुख ध्येय रहेको जनकपुरवासीको बुझाइ छ ।

दुई दिनसम्म चल्ने गोष्ठीमा प्रदेश २ का सम्पूर्ण स्थानीय तहका प्रमुख/उपप्रमुख, जिल्ला समन्वय समितिका अध्यक्ष, गैरसरकारी संस्थाका अध्यक्षसहित करिब चार सय ५० जनालाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...