परीक्षा बोर्डको चरम लापरवाही, नतिजा बी मा झारिदिएपछि सलिनाले गरीन आत्महत्या, मृत्यु भइसकेपछि ३.७५ जीपीए आयो



हाम्रो इकोनोमि

 

 

इटहरी- एसईईमा ‘ए-प्लस’को नतिजालाई राष्ट्रिय परीक्षा बाेर्डले ‘बी ग्रेड’मा झारिदिएपछि झापाकी एक छात्रा मृत्यु रोज्न विवश भएकी छन् ।

बोर्डको चरम लापरवाही उनको मृत्युको कारण बनेको छ । बुद्धशान्ति गाउँपालिकाकी सलिना ढकालले बिर्तामोडस्थित वाल्मिकी एजुकेसन फाउन्डेसनबाट एसईई दिएकी थिइन् ।

९ असारमा आएको एसईईको परीक्षाफल भोलिपल्ट प्राविधिक कारण बताउँदै परिवर्तन गरिएको थियो । त्यसबाट करिब नौ हजार परीक्षार्थीको नतिजामा फेरबदल भएको थियो, जसलाई शिक्षा क्षेत्रका विज्ञहरूले गम्भीर गल्ती बताएका थिए । बोर्डको लापरवाहीका कारण करिब पाँच लाख विद्यार्थी र १० लाख अभिभावकलाई तनावमा पारेको थियो ।

पहिलो दिनको परीक्षाफलमा ढकालको प्राप्तांक जीपीए २.८० थियो । कम अंक आएकाले तनावमा परेकी ढकालले आफ्नी एक साथीसहित विष सेवन गरेकी थिइन् ।

एसईईको परीक्षाफल प्रकाशित हुँदा उनी बिर्तामोडकी साथी प्रकृति बिष्टसँग धनकुटाको भेडेटार घुम्न गएकी थिइन् । त्यहीं दुवैले मुसा मार्ने विष खाएका थिए ।

इलाका प्रहरी धरानका डीएसपी रामेश्वर पौडेलका अनुसार बेहोस अवस्थामा उनीहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । उपचारकै क्रममा चिकित्सकले ढकाललाई मृत घोषित गरेका थिए ।

उपचारपछि उनकी साथी बिष्ट भने घर फर्किसकेकी छन् । ढकाल र बिष्ट दुवै विराटनगर बसेर ब्रिजकोर्स गरिरहेका थिए ।

धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले यसबारेमा आफूलाई कुनै सूचना नआएको बताए । झापा काँकडभिट्टास्थित इलाका प्रहरीका निरीक्षक खगेन्द्र ढकालका अनुसार बिष्टको पनि मानसिक अवस्था कमजोर बनेको छ । चिकित्सकले कसैलाई उनीसँग कुरा गर्न नदिन निर्देशन दिएका छन् ।

‘होस्टेल र एसईईको लापरवाहीले छोरीको ज्यान गयो’

ढकालको मृत्युपछि साथीहरूले उनको फेसबुल वालमा एसईईको नतिजाका कारण उनले आत्महत्या गरेको लेखेपछि मात्र त्यसबारे जानकारी सार्वजनिक भएको हो ।

उनको शुरुको परीक्षाफलमा जीपीए २.८० देखिएको थियो । उनको मृत्यु भइसकेपछि सुधारिएको परीक्षाफलमा जीपीए ३.७५ (ग्रेड ए-प्लस) आएको छ ।

अध्ययनशील छोरीको मृत्यु भएपछि शोकमा रहेका बुवा तारानाथ ढकालले विराटनगरको एक होस्टेल र राष्ट्रिय परीक्षा बोर्डको चरम लापरवाहीका कारण छोरीको ज्यान गएको बताए । ‘उनको ज्यान जानुमा एसईईमा कमजोर अंक आउनु नै हो,’ ढकालले फोनमा भने ।

राष्ट्रिय परीक्षा बोर्डसँगै विराटनगरको लर्ड बुद्ध होस्टेलको लापरवाहीका कारण छोरीको ज्यान गएको ढकालले बताए । आफूहरूलाई नसोधी होस्टेलबाट भेडेटार जान दिइएको ढकालको गुनासो छ । उनले भने, ‘होस्टेलबाट लामो यात्रामा जाँदा परिवारलाइ खबर गर्नुपर्ने गरिएन ।’

ढकालको आत्महत्याबारे नेपाल समयको जिज्ञासामा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यो कुरा उडन्ते भएको बताउँदै गैरजिम्मेवार जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस
अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...