केपी ओली मुर्दाबाद भनेपछि सरकारी निषेद्याज्ञाको बिरोधमा उत्रिएका विवेकशीलका संयोजकसहित कार्यकर्तो पक्राउ



हाम्रो इकोनोमि

काठमाडौंको माइतीघरलगायतका स्थानहरुमा सार्वजनिक कार्यक्रम तथा विरोध प्रदर्शन गर्न नपाउने निर्णयको विरुद्धमा प्रदर्शनमा उत्रिएका विवेकशील साझाका संयोजक उज्वल थापासहित  कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

सरकारी निषेद्याज्ञाको बिरोधमा उत्रिएका विवेकशीलका संयोजकसहित कार्यकर्ताले केपी ओली मुर्दाबाद भनेपछि पक्राउ परेका छन ।

माइतीघरमा विरोध गर्न पुगेका विवेकशील साझाका नेताहरुलाई शनिबार गिरफ्तार गरिएको हो । यसअघि सरकारले काठमाडौंका सात स्थानमा मात्र प्रदर्शन गर्न पाउने नियम अघि सारेको थियो ।

साथै सरकारले निषेधित क्षेत्र कडाइका साथमा कार्यान्वयन गराउने बताएको थियो ।

विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले विना कारण शान्तिपूर्णरुपमा विरोध गर्न पाउने अधिकार कुण्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् मिश्रले सरकारले यो कदमको निन्दा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...