केपी ओली मुर्दाबाद भनेपछि सरकारी निषेद्याज्ञाको बिरोधमा उत्रिएका विवेकशीलका संयोजकसहित कार्यकर्तो पक्राउ



हाम्रो इकोनोमि

काठमाडौंको माइतीघरलगायतका स्थानहरुमा सार्वजनिक कार्यक्रम तथा विरोध प्रदर्शन गर्न नपाउने निर्णयको विरुद्धमा प्रदर्शनमा उत्रिएका विवेकशील साझाका संयोजक उज्वल थापासहित  कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

सरकारी निषेद्याज्ञाको बिरोधमा उत्रिएका विवेकशीलका संयोजकसहित कार्यकर्ताले केपी ओली मुर्दाबाद भनेपछि पक्राउ परेका छन ।

माइतीघरमा विरोध गर्न पुगेका विवेकशील साझाका नेताहरुलाई शनिबार गिरफ्तार गरिएको हो । यसअघि सरकारले काठमाडौंका सात स्थानमा मात्र प्रदर्शन गर्न पाउने नियम अघि सारेको थियो ।

साथै सरकारले निषेधित क्षेत्र कडाइका साथमा कार्यान्वयन गराउने बताएको थियो ।

विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले विना कारण शान्तिपूर्णरुपमा विरोध गर्न पाउने अधिकार कुण्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् मिश्रले सरकारले यो कदमको निन्दा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...