माइतीघरमा धरपकड अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत रवीन्द्र मिश्र



हाम्रो इकोनोमि

बिना कारण शान्तिपुर्णरुपमा विरोध गर्न पाउने अधिकार कुण्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत भएको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बताएका छन् ।

सरकारले निषेधित क्षेत्र घोषणा गरेको विरोधमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनमा पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेपछि मिश्रले सो कुरा बताएका हुन् ।

प्रहरीको धरपकड पछि अभिव्यक्ति स्वतन्त्रताको रक्षाको माग गर्दै मण्डला पुगेका विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आमसर्वसाधरणको भावना अभिव्यक्ति गर्ने स्थान बनिसकेको माइतीघर मण्डलामा प्रर्दशन गर्न रोक लगाएर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए ।

आफ्नो निर्णयबाट सरकार पछि नहटे माइतीघर मण्डलालाई नै केन्द्रमा राखेर सरकारको विरोध गर्ने चेतावनी दिए ।

ठुलो संख्यामा जम्म्मा भएका प्रहरीले माईतिघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएको भन्दै सो क्षेत्र भन्दा बाहिर बस्न आग्रह गर्दै माईकिङ गरिरहेका थिए ।

गत विहिकार पत्रकार सम्मेलन गरी गृहमन्त्री राम बहादुर थापाले  देशभरका निश्चित स्थानमा विरोध प्रर्दशनको ठाँउ तोकिएको भन्दै निर्णय कार्यान्वयनमा कडाई गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका थिए ।

निषेधित क्षेत्र घोषणाको विरोध गर्दा विवशेकशील साझाका संयोजक उज्वल थापा, पार्टीका केन्द्रीय सदस्य शशिबिक्रम कार्की, डा सुरेन्द्र भण्डारी  सहित एक दर्जन पक्राउ परेका छन् ।

माइतीघर मण्डलामा सरकारको धरपकड, निर्णय लागु नहुँदै गरियो पक्राउ

विरोध प्रर्दशनका लागि भेला हुने स्थानमा प्रहरीहरु नै बसेपछि प्रर्दशनकारीले माईतिघर मण्डलाभन्दा बाहिरपट्टिको पेटीबाट सरकारको निर्णय विरुद्ध नाराबाजी सुरु गरेका थिए ।

अभिव्यक्ति स्वन्त्रताको रक्षा गर , नागरिक अधिकार जिन्दावाद भन्दै नारा लगाउन सुरु गर्ने वित्तिकै प्रहरीले धरपकड गरी उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...